जोर्डनविरुद्ध अर्जेन्टिनाको दोस्रो गोल
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'जे' मा साविक विजेता अर्जेन्टिनाले जोर्डनविरुद्ध २-० को अग्रता बनाएको छ।
- खेलको १९औँ मिनेटमा जियोभानी लो सेल्सोले फ्रिकिकमार्फत सुन्दर गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।
- ३१औँ मिनेटमा मार्कोस सेनेसीमाथि फाउल भएपछि प्राप्त पेनाल्टीमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ मा साविक विजेता अर्जेन्टिनाले जोर्डनविरुद्ध २–० को अग्रता बनाएको छ।
डलास स्टेडियममा जारी खेलको १९औँ मिनेटमा जियोभानी लो सेल्सोले फ्रिकिकमार्फत सुन्दर गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।
त्यसपछि ३१औँ मिनेटमा भिडियो सहायक रेफ्रीको समीक्षा पछि अर्जेन्टिनाले पेनाल्टी पायो। मार्कोस सेनेसीमाथि फाउल भएको ठहर गर्दै रेफ्रीले पेनाल्टी दिएका थिए। उक्त अवसरलाई लाउटारो मार्टिनेजले सदुपयोग गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए।

यसअघि नै समूह विजेताका रूपमा नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको अर्जेन्टिनाले कप्तान लियोनेल मेस्सीलाई विश्राम दिएको छ। मेस्सी बेन्चमा रहे पनि अर्जेन्टिनाले खेलमा पूर्ण नियन्त्रण कायम राख्दै जोर्डनमाथि दबाब बनाइरहेको छ।
यता, समूह ‘जे’ कै अर्को खेलमा अस्ट्रियाले अल्जेरियाविरुद्ध अग्रता बनाएको छ। उक्त खेलको विजेताले अन्तिम ३२ मा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण