अभिनेत्री कीर्ति सुरेशलाई कोरोना संक्रमण
अभिनेत्री कीर्ति सुरेश कोरोना संक्रमित भएकी छन् । आफु कोरोना संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् । ‘मैले कोरोना सुरक्षाको सबै नियम पालना गरिरहेको थिए ।
यो बीचमा मलाई केही हल्का लक्षण देखियो । मैले कोरोना जाँच गराए । रिपोर्ट पोजेटिभ आयो’ उनले भनिन्, ‘अहिले आइशोलेसनमा छु । सबै सतर्कता अपनाएकी छु ।’ पछिल्लो समय आफ्नो सम्पर्कमा आएको सबै मानिसलाई उनले कोरोना टेष्ट गर्न अनुरोध समेत गरेकी छन् ।
सबै मानिसलाई कोरोना भ्याक्सिन लगाउन समेत आग्रह गरेकी कीर्तिले आफु छिट्टै ठिक भएर एक्सन अवतारका साथ फिल्ममा फर्किने बताइन् । कीर्ति साउथकी चर्चित अभिनेत्री हुन् । बाल कलाकारबाट अभिनय करियर सुरु गरेकी उनले ‘इडु एन्ना मायम’, ‘महानती’, ‘सरकार’ र ‘गीताञ्जली’ जस्ता कयौं सुपरहिट फिल्म दिएकी छन् । उनलाई फिल्म ‘महानती’बाट नेशनल अवार्ड समेत मिलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण