सलमानसँग नजिकिएकी ज्याकलिनको ठगसँग विवादित सम्बन्ध
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पछिल्ला दिनहरुमा विवादमा तानिएकी छन् । उनको नाम ठगीको आरोप लागेका सुकेश चन्द्रशेखरसँग नजिककको सम्बन्ध भएको खुलासा भएको छ । सुकेशसँग सम्बन्धका कारण उनी पछिल्ला दिनहरुमा ईडि अफिसमा धाइरहेकी छन् । ज्याकलिनले सुकेशसँग महँगा उपहार लिएको पनि आरोप लागेको छ । ज्याकलिन र सुकेश सम्बन्धमा थिए । तर, उनीहरु सम्बन्धमा भएको कुरा ज्याकलिनले अस्वीकार गरेकी छन् । यद्यपि, पछिल्लो समय ज्याकलिन र सुकेशको तस्बिरले भने उनीहरुको सम्बन्ध भएको खुलाएको छ ।
ज्याकलिन र सुकेशको सामाजिक सञ्जालमा देखिएको तस्बिरमा ज्याकलिनको घाँटीमा देखिएको चिन्हले उनीहरु नजिकको सम्बन्धमा छन् भन्ने देखिन्छ ।
ज्याकलिनको सम्बन्धको बारेमा यसअघि पनि चर्चा भएका छन् । उनको विभिन्न व्यक्तिहरुसँग नाम जोडिदैँ आएको छ । उनको अफेयरको पहिलो नम्बरमा बहरीनका राजकुमार शेख हसन बिन राशिद अल खलीफाको नाम आउँछ । उनीहरु अफेयरको चर्चा ज्याकलिन बलिउड छिरेपछि सुरु भएको थियो तर ज्याकलिनले भने यस विषयमा कहिल्यै खुलेर बताइनन् ।
ज्याकलिनको फिल्म निर्माता साजिद खानसँग पनि नाम जोडिएको थियो । उनीहरु सम्बन्धलाई गम्भीर रुपमा लिइरहेका छन् भन्ने चर्चा चल्यो । तर, साजिदको कारण उनीहरुको ब्रेकअप भएको बताइन्छ ।
सलमान खानसँग थुप्रै फिल्ममा काम गरेकी ज्याकलिन सलमानको पनवेल फार्महाउसमा पनि बसिन् । उनले लकडाउनको लामो समय सलमानसँग नै बिताइन् । तर, उनीहरुको सम्बन्धको विषयमा भने कुनै जानकारी बाहिरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण