अक्षयको ‘बच्चन पाण्डे’ को सुटिङ सेटमा आगलागी
आइतबार, ०२ माघ २०७८, २० : २०
अभिनेता अक्षय कुमारको फिल्म ‘बच्चन पाण्डे’ को सुटिङ सेटमा आगलागी भएको छ । फिल्म सेटमा शनिबार आगलागी भएको हो । मिडिया रिपोर्टका अनुसार फिल्मको सुटिङ लगभग पुरा भैसकेको थियो । फिल्म मेकर्स पेचवर्कमा काम गरिरहेका थिए ।
अक्षयकुमार अभिनेत्री कृति सेननका साथ पेचवर्कको सुटिङमा ब्यस्त थिए । यही क्रममा सेटमा आगलागी भएको हो । आगलागी छिट्टै नियन्त्रण भएको थियो । आगलागीले फिल्म सेटमा के कति क्षति भयो भन्ने विवरण अहिले भने बाहिर आएको छैन ।
फिल्ममा अक्षय र कृतिको अलवा ज्याकलिन फनान्डिस पनि मुख्य भूमिकामा छिन् । अक्षय अब फिल्म ‘सेल्फी’ को सुटिङमा ब्यस्त हुनेछन् । फिल्ममा उनको अलवा इमराम हाशमीको मुख्य भूमिका रहनेछ ।
राज मेहता निर्देशक रहने फिल्म अरुणा भाटिया, हिरु यस जौहर, सुप्रिया मेनन लगायतले बनाउन लागेका हुन् । फिल्म २०२२ मा फिल्म हलमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु
-
फस्ट हाफमा जोर्डनविरुद्ध अर्जेन्टिना २–० ले अगाडि, अल्जेरिया–अस्ट्रिया बराबरीमा
-
पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध
-
ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व सङ्कलन
-
नक आउट चरणमा पोर्चुगल र क्रोएसिया भिड्ने पक्का
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण