सलमान खानको फिल्म ‘किक’ का अभिनेता अरुण वर्माको निधन
बिहीबार, ०६ माघ २०७८, १४ : ५५
बलिउड अभिनेता सलमान खान, अक्षय कुमारसँग स्क्रिन सेयर गरिसकेका अरुण वर्माको निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिएन । भोपालमा बस्ने अरुण वर्माको पिपल्स अस्पतालमा उपचार चलिरहेको थियो । उनको बिहिबार बिहान निधन भएको हो । अरुणले अमिताभ बच्चन, अक्षय कुमार, सलमान खान र सञ्जय दत्तबाहेक थुप्रै ठूला सेलिब्रिटीसँग काम गरेका थिए ।
अरुण वर्माका साथीले दिए जानकारीः
कवि उदय दहियाले फेसबुक अकाउन्टमा अरुण वर्माको निधनको जानकारी दिएका थिए । उनले लेखे, ‘निकै दुःखका साथ भन्नु परिरहेको छ कि मेरा साथी अभिनेता अरुण वर्माको आज बिहान भोपालमा निधन भएको छ । भगवानले उनलाई आफ्नो श्रीचरणमा स्थान दिउन् । ’
अरुण वर्माले सलमान खानको फिल्म किकमा काम गरेका थिए । थिएटरसँग अरुण वर्मालाई निकै लगाव थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण