‘पीके’मा सुशान्तको पारिश्रमिक २१ रुपैयाँ !
शुक्रबार, ०७ माघ २०७८, १२ : ३०
दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको आज ३६औं जन्मजयन्ती हो । उनको निधन १४ जुन २०२० मा भएको थियो । उनलाई आफ्नै अपार्टमेन्टमा मृत भेटिएको थियो । झुन्डिएको अवस्थामा फेला परेका सुशान्त के कारणले झुन्डिए भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।
यी अभिनेताले छोटो जीवनमै ठूल्ठूला सफलता हासिल गरेका थिए । एक फिल्ममा अभिनय गरेबापत करोडौं पारिश्रमिक लिने सुशान्तले एक फिल्मबाट २१ रुपैंयाँ पारिश्रमिक लिएका थिए ।
निर्देशक राजकुमार हिरानीको ‘पीके’मा सुशान्तले भलै छोटो भूमिकामा अभिनय गरे पनि त्यो अभिनयबाट उनले राम्रो छाप छोडेका थिए । सुशान्तले यो फिल्ममा १५ मिनेटको भूमिकाका लागि पारिश्रमिक लिएका थिएनन् । तर निर्देशक राजकुमार हिरानीले उनलाई सगुनका रूपमा २१ रुपैंयाँ दिएका थिए । यो रकम सुशान्तले खुसीसाथ स्वीकारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण