सरोगेसीबाट प्रियंका र निक बने आमाबाबु
अभिनेत्री प्रियंका चोपडा सरोगेसीको मद्दतले आमा बनेकी छन् । शुक्रबार राति १२ बजे इन्सटाग्राम पोष्ट मार्फत उनले यसको जानकारी दिएकी हुन् । प्रियंकाले पोस्टमा भनेकी छन्, 'हामी खुसी छौँ कि हामीले सरोगेसीको मद्दतले आफ्नो जीवनमा एउटा बच्चालाई स्वागत गरेका छौँ । हामी हाम्रो परिवारका लागि तपाईंहरुलाई सम्मानपूर्वक आग्रह गर्छौँ कि यस खास समयमा हाम्रो गोप्यतालाई ध्यान दिनुहोला ।'
प्रियंका र अमेरिकी गायक तथा अभिनेता निक जोनस चर्चित जोडीमध्ये एक हुन् । दुई जनाले सन् २०१८ को डिसेम्बर २ मा विवाह गरेका थिए । हालै प्रियंकाले द जोनास ब्रदर्स फ्यालिमी रोस्ट शोका दौरान निकसँग बच्चाको योजना बनाइरहेको बारेमा खुलासा गरेकी थिइन् । निका दाजुभाइको उदाहरण दिँदै उनले भनेकी थिइन्, हामी एक्लो जोडी हौँ जसको अहिलेसम्म बच्चा छैन । म सबैलाई भन्न चाहन्छु कि म र निक बच्चाको योजना बनाइरहेका छौँ । त्यसपछि उनले आफू बच्चालाई हेरेर मात्र घरमा नबस्ने पनि बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु
-
फस्ट हाफमा जोर्डनविरुद्ध अर्जेन्टिना २–० ले अगाडि, अल्जेरिया–अस्ट्रिया बराबरीमा
-
पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध
-
ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व सङ्कलन
-
नक आउट चरणमा पोर्चुगल र क्रोएसिया भिड्ने पक्का
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण