छोरीको फोटो भाइरल भएपछि विराट-अनुष्का रुष्ट
भारत र दक्षिण अफ्रिकाबीचको एक दिवसीय शृङ्खालको अन्तिम खेलका दौरान विराट कोहली र अनुष्का शर्माकी छोरी वामिका स्क्रिनमा देखिइन् । वामिकालाई लिएर उनका आमाबाबु निकै संवेदनशील रहेका छन् र हालसम्म उनको अनुहारलाई क्यामाराबाट लुकाएर राखेका थिए ।
यस्तोमा जब अनुष्का छोरी वामिकालाई काखमा लिएर स्ट्यान्डमा देखिइन्, सबै क्यामेरा उनीतर्फ मोडियो । अनुष्काले पनि त्यतिबेला छोरीलाई क्यामेराबाट लुकाउने प्रयास गरिरहेकी थिइनन् । अनुष्का र छोरी वामिकालाई देखेपछि विराटले पनि उक्त खेलमा अर्धशतक बनाएपछि मैदानमा डान्स गर्दै गरेको देखिए ।
त्यसपछि वामिकाको फोटो र भिडियो भाइरल बनिहाल्यो । अहिले आएर विराट र अनुष्काले सामाजिक सञ्जालमार्फत छोरी वामिकाको तस्बिर र भिडियो प्रशारण नगर्न अपिल गरेका छन् । दुवै आफ्नो इन्सटाग्राममा लेखेका छन्, हाम्री छोरीको तस्बिर हिजो स्टेडियममा क्लिक गरिएको थियो र अहिले उक्त तस्बिरलाई लगातार शेयर गरिएको छ । हामी सबैलाई भन्न चाहन्छौँ कि हामीलाई तस्बिर खिचिएको बारे थाहा थिएन, हामीमाथि क्यामेराको नजर थियो भन्ने याद थिएन । छोरीको फोटोलाई लिएर हाम्रो धारणा पहिले जस्तै छ । वामिकाको तस्बिर न खिचे र प्रशारण नगरे हामी खुसी हुनेछौँ । यसको कारण हामीले पहिले नै बताइसकेका छौँ, धन्यवाद ।
वास्तवमा विराट कोहलीले आफ्नो छोरी बुझ्ने नबनेसम्म उनलाई सामाजिक सञ्जालबाट टाढा राख्ने फैसला लिएका छन् । हालसम्म उनले सामाजिक सञ्जालमा आफ्नो छोरीको तस्बिर सेयर गरेका छैनन् । त्यसैले वामिकाको पहिलो झलक पाएर उनका फ्यानहरू भने निकै खुसी बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण