ऐश्वर्याले बेहुली हुँदा लगाएकी थिइन् सुनको धागोबाट तयार पारेको यस्तो सारी
बलिउड सुन्दरी ऐश्वर्या राय बच्चन र अभिनेता अभिषेक बच्चनको विवाह भएको १४ वर्ष पूरा भइसकेको छ । यी दुईको विवाहले सञ्चारमाध्यममा लामो समयसम्म चर्चा पाइरह्यो । विवाहको भिडियो र तस्बिर सार्वजनिक नभए पनि उनीहरुको विवाहलाई निकै महत्त्व दिइएको थियो । विवाहको केही समयपछि ऐश्वर्या र अभिषेकका विवाहका केही तस्बिर भने बाहिरिए । ऐश्वर्यालाई बेहुली बनाउन चर्चित डिजाइनर नीता लुल्लाले मद्दत गरेकी थिइन् ।

साउथ इन्डियाबाट विवाह भएकाले ऐश्वर्याले सारी लगाएकी थिइन् । उनी साउथ इन्डियाको परम्पराअनुसार तयार भएकी थिइन् । उनले सारी मात्र होइन गरगहना, कपालको स्टाइल सबै साउथ इन्डियन तरिकारले बनाएकी थिइन् । ऐश्वर्याले नीता लुल्लाको डिजाइनमा बनेको सारी पहिरिएकी थिइन् । पिंकभिलाको एक रिपोर्टका अनुसार ऐश्वर्याले विवाहमा लगाएको सारीमा सुन पनि मिलाइएको थियो । जसमा क्रिस्टल र अन्य मणिहरुको प्रयोग भएको थियो ।
पिंकभिलाको रिपोर्टमा उल्लेख भएअनुसार ऐश्वर्याले लगाएको सारीको मूल्य ७५ लाख (भारतीय रुपियाँ) थियो । अभिषेकले भने विवाहमा क्रिम कलरको शेरवानी लगाएका थिए । उनको शेरवानी अबु आनी र सन्दीप खोसलाले डिजाइन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु
-
फस्ट हाफमा जोर्डनविरुद्ध अर्जेन्टिना २–० ले अगाडि, अल्जेरिया–अस्ट्रिया बराबरीमा
-
पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध
-
ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व सङ्कलन
-
नक आउट चरणमा पोर्चुगल र क्रोएसिया भिड्ने पक्का
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण