काँग्रेस प्रवेश गरेकी अभिनेत्री रानीले भनिन्, ‘राजनीतिमा आएपनि मेरो ग्ल्यामरमा कमी हुनेछैन’
चर्चित भोजपुरी अभिनेत्री रानी चटर्जी काँग्रेस पार्टीमा प्रवेश गरेकी छन् । भारतको उत्तरी प्रदेशको चुनावी माहोलका बीच उनी काँग्रेसमा प्रवेश गरेकी हुन् । आफु काँग्रेसमा प्रवेश गरेको उनले सामाजिक सञ्जालबाट जानकारी दिएकी हुन् । काँग्रेस प्रवेशपछि चुनावमा उम्मेद्वार बन्ने बिषयमा भने उनले आफु अहिले काँग्रेसको प्रचारक मात्र बन्ने बताइन् ।
रानी फिल्ममा बोल्ड भूमिकाको कारण चर्चित छिन् । उनी सामाजिक सञ्जालमा ग्ल्यामरले भरिपूर्ण तस्बिर समेत सार्वजनिक गर्ने गर्दछिन् । नेता बनेपछि ग्ल्यामर छवि परिवर्तन हुने त होइन भन्ने प्रश्न समेत उनलाई गरिएको थियो । नेतृ बनेपछि आफ्नो ब्यवहार र ग्ल्यामरमा कुनै परिवर्तन नआउने उनले जवाफ दिएकी छन् ।
‘म गीताबाट सिता भन्ने छैन । मैले भर्खर नयाँ जिम्मेवारी पाएको छु । राजनीतिमा आएपनि मेरो ग्ल्यामरको अन्त्य हुँदैन । रानीले २००४ को फिल्म ‘ससुरा बडा पैसावाला’ बाट अभिनय करियर सुरु गरेकी हुन् । फिल्ममा उनको अपोजित भूमिकामा मनोज तिवारी रहेका थिए । यसपछि उनले धेरै हिट फिल्म दिइन् । जसमा ‘लेडी सिंघम’, ‘भाभी माँ’, ‘बाबुल की गलिया’, ‘छोटकी ठकुरैन’, ‘कसम दुर्गा की’, ‘तेरी मेहराबानीया’, ‘हेरा फेरी’ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु
-
फस्ट हाफमा जोर्डनविरुद्ध अर्जेन्टिना २–० ले अगाडि, अल्जेरिया–अस्ट्रिया बराबरीमा
-
पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध
-
ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व सङ्कलन
-
नक आउट चरणमा पोर्चुगल र क्रोएसिया भिड्ने पक्का
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण