ब्रेकअप पछि पनि सँगै पार्टीमा सुस्मिता रोहमन !
अभिनेत्री सुस्मिता सेन र रोहमन शाल बलिउडको चर्चित जोडी थिए । तर, अहिले दुबै अलग भएका छन् । गत डिसेम्बरमा सुस्मिताले सामाजिक सञ्जालमा एक पोष्ट मार्फत आफु र रोहमन सदाका लागि अलग भएको जानकारी दिएकी थिइन् । सो क्रममा उनले आगामी दिनमा रोहमन एक साथी मात्र हुने प्रष्ट परेकी थिइन् । सुस्मिताको पोष्टले धेरै छक्क परेका थिए ।
ब्रेकअपको एक महिना पनि भएको छैन । फेरि सुस्मिता र रोहमन एकसाथ देखिन थालेका छन् । यी दुबैसँगै एक पार्टीमा देखिएका हुन् । मिडिया रिपोर्टका अनुसार ब्रेकअप पछि पनि यी दुबै एकसाथ देखिएका छन् । भेटमा दुबैले एकअर्काे प्रति निकै मिलनसार व्यवहार दर्साएका छन् । यतिसम्मकी एउटै कारमा चढेर साथीको पाटीमा समेत पुगेका छन् ।
रोहमन सुस्मितासँग अलग भएपनि उनका दुई छोरी रेनी र आलिशासँग भने अझै नजिक छन् । रेनी र अलिशा दुबैले रोहमनलाई मन पराउँछन् । सोही कारण रोहमन रेनी र अलिशासँग नजिक हुन पुगेका हुन् ।
सुस्मिता र रोहमनको सम्बन्ध २०१८ मा सुरु भएको थियो । दुबैको उमेरमा १५ बर्षको अन्तर छ । सुस्मिता रोहमनभन्दा १५ वर्षले जेठी छिन् । तर पनि उनीहरुको सम्बन्धमा कुनै समस्या देखिएको थिएन । तर गत डिसेम्बर २०२१ मा सुस्मिताले आफ्ना ब्रेकअपको घोषणा गरिन् । घोषणामा उनले भनेकी थिइन्, ‘हाम्रो सम्बन्ध मित्रताबाट सुरु भयो । हामी साथी हुनेछौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शतप्रतिशत जितसहित अर्जेन्टिना समूह विजेता, अल्जेरिया उपविजेता
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण