गायिका लता मंगेशकरको स्वास्थ्यमा सुधार
वरिष्ठ भारतीय गायिका लता मंगेशकर स्वास्थ्यमा सुधार आएको छ । उनको अहिले भेन्टीलेटर हटाइएको छ । तर उनी अझै आईसीयूमा रहेकी छन् ।
समाचारका अनुसार उनको कोरोना रिपोटसमेत नेगेटिभ आएको छ । ९२ वर्षीय लता मंगेशकर लक्षणसहित कोरोना सङ्क्रमित बनेकी थिइन् । त्यसपछि उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ती गरिएको थियो । त्यहाँ उनलाई इन्टेन्सिभ केयर यूनिट (आईसीयू) मा राखेर उपचार सुरु गरिएको थियो ।
अस्पतालका एसोसिएट प्रोफेसर डा. प्रतीत समदानीले न्युज एजेन्सीलाई भनेका छन्, ‘लता मंगेशकर दुई दिनदेखि भेन्टीलेटर बाहिर छिन् । तर अहिले पनि निगरानीमा छिन् । स्वास्थ्मा सुधार भएको कारण उनको भेन्टीलेटर हटाइएको हो । उनक्ँे एप्ँर अहिले पनि आइसीयुमा भइरहेको छ ।
भारत रत्न र दादा साहेब फाल्के जस्ता सम्मान हासिल गरेकी मंगेशकर भारतीय सिनेमाको सर्वश्रेष्ठ गायिका मानिन्छन् । उनले आफ्नो करियरको सुरुवात १३ वर्षको उमेरमा १९४२ मा गरेकी थिइन् । उनले भारतका विभिन्न भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शतप्रतिशत जितसहित अर्जेन्टिना समूह विजेता, अस्ट्रिया उपविजेता
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण