पूर्व मिस युएसए चेस्ली क्रिस्टले गरिन् भवनबाट हामफालेर आत्महत्या
सोमबार, १७ माघ २०७८, १३ : २१
पूर्व मिस यूएस चेस्ली क्रिस्टले ३० वर्षको उमेर आत्महत्या गरेकी छन् । उनले म्यानहट्टनस्थित भवनको माथिल्लो तल्लाबाट हाम फालेर आत्महत्या गरेको न्युयोर्क नगर प्रहरीले जानकारी दिएको छ ।
उनले सन् २०१९ मा ‘मिस युएसए’ को ताज जितेकी थिइन् । सिएनएनका अनुसार उनका परिवार उनको मृत्युले शोकमा डुबेको छ । परिवारले उनको मृत्युपछि उनको यादमा शोक मन्तव्य जारी गरेको छ ।
क्रिस्टाले मृत्युअघि इन्स्टाग्राममा एउटा पोस्ट् गर्दै लेखेकी थिइन्, ‘यो दिनले तिमीलाई आराम र शान्ति देओस् ।’ क्रिस्टाले दुई वटा युनिभर्सिटीबाट तीनवटा डिग्री हासिल गरेकी छन् । उनले पछिल्लो समय अमेरिकाको कानुन परिवर्तन गर्नुपर्ने माग गर्दै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु
-
फस्ट हाफमा जोर्डनविरुद्ध अर्जेन्टिना २–० ले अगाडि, अल्जेरिया–अस्ट्रिया बराबरीमा
-
पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध
-
ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व सङ्कलन
-
नक आउट चरणमा पोर्चुगल र क्रोएसिया भिड्ने पक्का
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण