आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

महिला लुक्समा नवानुद्दीन सिद्धीकी, कंगनाले भनिन्, ‘सो हट’

मङ्गलबार, १८ माघ २०७८, १७ : १९
मङ्गलबार, १८ माघ २०७८

अभिनेता नवानुद्दीन सिद्धीकी आइटम गर्ल रुपमा देखिने भएका छन् । सिद्धीकी फिल्म ‘टीकु वेड्ट शेरु’ मा आइटम गर्लको रुपमा देखिन लागेका हुन् । सिद्धीकीले फिल्मका लागि फन्नी महिलाको लुक्स बनाएका छन् ।​ सिद्धीकीको महिला लुक्स तस्बिर अभिनेत्री कंगना रनौटले सामाजिक संजाल मार्फत शेयर गरेकी छन् । जुन तस्बिर सामाजिक संजालमा अहिले भाइरल भइरहेको छ । तस्बिरका साथ कंगनाले लेखेकी छन्, ‘सो हट’ ।

कंगनाले गत वर्ष फिल्म ‘टीकु वेड्ट शेरु’ घोषणा गरेकी थिइन् । जसको सुटिङ अहिले भइरहेको छ । कंगनाकै प्रोडक्सन हाउस मणिकर्णिका फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म साई कविरले निर्देशन गरिरहेका छन् ।

कंगनाको अभिनेता इरफान खानसँग यो फिल्म गर्ने इच्छा थियो । तर इरफानको निधन भएको कारण उनले नवानुद्दीनसँग काम गरेकी हुन् । फिल्ममा अवनीत कौरको समेत मुख्य अभिनय रहनेछ । अवनीत एक चर्चित टिभी अभिनेत्री हुन् । उनले यसै फिल्मबाट बलिउड डेब्यु गर्न लागेकी हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप