अभिनेता सुनील ग्रोवर अस्पताल भर्ना
मुम्बई । ‘द कपिल शर्मा शो’ मा ‘गुत्थी’ र ‘डा. मशहुर गुलाटी’ को भुमिका निर्वाह गरेर चर्चित बनेका अभिनेता तथा हास्यकलाकार सुनील ग्रोवरको स्वास्थ्यलाई लिएर ठूलो खबर बाहिरिएको छ ।
उनको मुम्बईको एशियन हार्ट इन्स्टिच्युटमा मुटुको शल्यक्रिया गरिएको छ । रिपोर्टका अनुसार उनको मुटुमा दुईपटक ब्लकेज भएका कारण शल्यक्रिया गर्नुपरेको थियो । कामका कारण शल्यक्रिया ढिलो भएपनि सुनील खतरामुक्त रहेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।
विरल भयानीले सामाजिक सञ्जालमा एउटा तस्बिर सार्वजनिक गर्दै लेखेका छन् ‘सुनील ग्रोवरको मुम्बईस्थित एशियन अस्पतालमा मुटुको शल्यक्रिया गरिएको छ । उनी अहिले निको भइरहेका छन् । सुनीलका डाक्टरहरुले उनी अहिले खतरामुक्त रहेको र स्वास्थ्यमा पनि धेरै सुधार भइरहेको बताएका छन् । सुनीलका लागि प्राथना गर्नुस् ।’
सुनील सामाजिक सञ्जालमा पनि सक्रिय रहने सेलिब्रेटी हुन् । केही दिन अघिमात्र उनले आफ्नो इन्स्टाग्राममा ‘इन्फ्लुएन्सर’ को नाममा एउटा फन्नी पोस्ट सेयर गरेका थिए । उनी अक्सर आफ्नो हास्यास्पद पोस्टहरूद्वारा दर्शकलाई मनोरञ्जन दिने गर्दछन् ।
उनी पछिल्लो समय सिम्लाको हिउँले भरिएको पहाडमा वेब सिरिजको सुटिङ गरिरहेका थिए । जसका केही तस्बिर उनले सामाजिक सञ्जालमा समेत राखेका थिए । उनी अमेजन प्राइमको वेब सिरिज ताण्डवमा समेत देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण