२२ चक्के ट्रकसँग ठोक्किँदा दीप सिद्धूको दुर्घटना : सँगै बसेकी साथीले भनिन्, ‘निदाएकी थिएँ’
पञ्जाबी अभिनेता दीप सिद्धूको मंगलबार राती सडक दुर्घटनामा निधन भयो । दुर्घटनाका बेला उनीसँग एक महिला साथी पनि कारमा थिइन् । हाल उनी अस्पतालमा छिन् र उनलाई सामान्य चोट लागेको बताइएको छ ।
जानकारीका अनुसार दुर्घटना करिब ८ देखि साढे ८ बीच भएको थियो । प्रहरीले दुर्घटनापश्चात् ट्रक ड्राइभरको खोजी गरिरहेको छ र प्रहरीले ती महिला साथीसँग सोधपुछ गरिरहेको छ ।
प्रहरीका अनुसार दीपकी एनआरआई साथीले सोधपुछमा दुर्घटना हुँदा आफू निदाइरहेको बताएकी छिन् । दुर्घटना यति भयानक थियो कि दीप सिद्धूको गाडी करिब २० देखि ३० मिटरसम्म घस्रिएको थियो । जसका कारण स्कोर्पियोको अगाडिको भाग चकनाचुर भएको थियो ।
प्रहरीका अनुसार दुर्घटनाका बेला २२ टायरको ट्रक सडकको किनारामा रोकिएको थिएन, यो सडकमा गुडिरहेको थियो । पछाडिबाट तीब्र गतिमा आइरहेको स्कोर्पियो २२ चक्के ट्रकसँग ठोक्किएको थियो ।
रिना रायले नै फोन गरेर दिइन् सूचनाः
प्रहरीका अनुसार दीप सिद्घूसँग भएकी रिना रोयले नै दुर्घटनाबारे जानकारी दिएकी हुन् । हाल ट्रकका ड्राइभर फरार छन् ।
बेलुका करिब साढे सात बजे होटलबाट निस्किएका थिएः
प्रहरीका अनुसार दिपकी एनआरआई साथी १३ जनवरीमा अमेरिकाबाट भारत आएकी थिइन् । यी दुई गुरुग्राममा ओबेरोय होटलमा बसेका थिए । राती करिब साढे सात बजे उनीहरु होटलबाट निस्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु
-
फस्ट हाफमा जोर्डनविरुद्ध अर्जेन्टिना २–० ले अगाडि, अल्जेरिया–अस्ट्रिया बराबरीमा
-
पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध
-
ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व सङ्कलन
-
नक आउट चरणमा पोर्चुगल र क्रोएसिया भिड्ने पक्का
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण