फागुन ६ मा संसदमा एमसीसी टेबल हुन्छ : कानूनमन्त्री बडू
कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले संसदको आगामी बैठकमा एमसीसी टेबल हुने बताएका छन् बुधबारको प्रतिनिधिसभा बैठकपछि मन्त्री बडूले फागुन ६ गते बस्ने बैठकमा एमसीसी टेबल हुने बताएका हुन् ।
‘छलफलका लागि केही समय चाहिन्छ भन्ने भएपछि दुई दिनको समय अरु दियौं । आज र भोलि थप छलफल गरी सहमति जुटाएर ६ गतेको बैठकमा एमसीसी टेबल गर्ने छौं ,’ उनले भने ।
एमसीसी टेबल गर्ने विषय अब पर्खिनु नसकिने उनको भनाइ छ । मन्त्री बडूले भने, ‘एमसीसीलाई धेरै पर्खिनुहुँदैन । यो संसदमा प्रवेश गर्नुपर्छ । संसदमा टेबल हुनुपर्छ । संसदमा छलफल हुनुपर्छ । हामी टेबल गर्ने निर्णयमा पुगिसकेका छौं ।’
सडकमा भइरहेको बहसलाई टुंग्याउन संसदमा एमसीसी टेबल गर्नुपर्ने उनले बताए । उनले भने, ‘सडकको बहसले यसको टुंगो लगाउन सक्दैन । त्यसैले यसलाई टुंग्याउँला भन्ने हाम्रो पार्टीको र सरकारको प्रस्ताव हो । एमसीसीलाई संसदमा टेबल गराउने हाम्रो उदेश्य हो ।’ एमसीसीमा तत्कालीन माओवादी, एकीकृत समाजवादी र जसपा कुनै न कुनै रुपमा जोडिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा
-
नीति तथा कार्यक्रममा शिक्षा : शिक्षकलाई मासिक तलबसहित के–के विषय समेटिए ?
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
-
आजपाको मागबारे सरकारको चासो, भन्सार विभागमा भएको छलफल सकारात्मक
-
प्रहरीमा ६४ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
बेइजिङ भ्रमण गर्दै पुटिन