भिड्दै ‘केजीएफ २’ र ‘जर्सी’
अभिनेता शाहिद कपुरको फिल्म ‘जर्सी’ फिल्म ‘केजीएफ २’ सँग भिड्ने भएको छ । ‘जर्सी’ ले रिलिज मिति १४ अप्रिल घोषणा गरेसँगै यी दुबै भिड्ने पक्का भएको हो । फिल्म रिलिजको जानकारी अभिनेता शाहीले सामाजिक सञ्जाल मार्फत गराएका छन् । शाहिदले लेखका छन्, ‘यो घोषणा गर्दा निकै खुसी लागेको छ । हाम्रो प्रिय फिल्म ‘जर्सी’ १४ अप्रिल २०२२ मा हुँदैछ ।’
यसअगाडि साउथको फिल्म ‘केजीएफ २’ ले १४ अप्रिल आफ्नो प्रदर्शन मितिको रुपमा सार्वजनिक गरेको थियो । यो फिल्मको प्रतिक्षा समेत दर्शक लामो समयदेखि गरिरहेको छन् । ‘जर्सी’ यस अगाडि गत ३१ डिसेम्बर रिलिज हुने तयारीमा थियो । तर कोरोना भाइरसको तेस्रो लहरका कारण फिल्म रिलिज हुन सकेन ।
‘जर्सी’ तेलुगूको सुपरहिट फिल्मको हिन्दी रिमेक हो । फिल्म ३६ बर्षको एक युवकको कथामा आधारित छ । जसको ६ बर्षको छोरा छन् । तर पनि क्रिकेट खेल सुरु गर्छन् । किनभने उनलाई त्यही मात्र आउँछ । फिल्म राष्ट्रिय अवार्ड विजेता निर्देशक गौतमले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले गर्दैछ लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी
-
मर्स्याङ्दीका स्थानीयलाई निःशुल्क बिजुली
-
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि
-
कोशीमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पहिलो हाफमा बराबरीमा रोकिए पोर्चुगल र कोलम्बिया, उज्बेकिस्तानले डीआर कङ्गोलाई १–० ले पछि पार्यो
-
पहिलो हाफको समाप्तिमा कोलम्बिया र पोर्चुगल बराबरीमा, कंगोविरुद्ध उज्बेकिस्तानको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण