अक्षयकुमारले सार्वजनिक गरे ‘बच्चन पाण्डे’ को ट्रेलर
अभिनेता अक्षयकुमार अभिनित फिल्म ‘बच्चन पाण्डे’का ट्रेलर रिलिज भएको छ । अक्षयले समाजिक संजाल मार्फत फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन् । एक्सन कमेडी बिषयमा बनेको फिल्म फरहान सामजीले निर्देशन गरेका हुन् ।
फिल्ममा अक्षयको अलवा ज्याकलिन फर्नाडिस र कृति सेननको मुख्य भूमिका छ । फिल्ममा अक्षयले ‘ग्याङस्टार ‘बच्चन पाण्डे’को भूमिका निर्वाह गरेका छन् । ३ मिनेट ४२ सेकेन्डको ट्रेलरमा कमेडी र एक्सन थुप्रै समेटिएका छन् ।
यसमा देखाइएको अक्षयको लुक्स निकै आकर्षक छ । ट्रेलर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ भने फ्यानले निकै रुचाएका छन् । ट्रेलरमा प्रतिक बब्बर, सञ्जय मिश्रा, पंकज त्रिपाठी जस्ता कलाकार समेत देखिएका छन् । ज्याकलीनले फिल्ममा बच्चन पाण्डेकी प्रेमिका ‘सोफी’को भूमिका निर्वाह गरेकी छन् ।
साजित नाडियाडवालाले निर्माण गरेको फिल्ममा अक्षय, ज्याकलिन, कृति, अरशद वारसी, पंकज, प्रतिकको अवा अभिमन्यु सिंहको समेत मुख्य भूमिका छ । फिल्म १८ मार्चमा रिलिज हुँदैछ । ‘बच्चन पाण्डे’ तमिल फिल्म ‘जिगारठन्डा’ को रिमेक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले गर्दैछ लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी
-
मर्स्याङ्दीका स्थानीयलाई निःशुल्क बिजुली
-
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि
-
कोशीमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पहिलो हाफमा बराबरीमा रोकिए पोर्चुगल र कोलम्बिया, उज्बेकिस्तानले डीआर कङ्गोलाई १–० ले पछि पार्यो
-
पहिलो हाफको समाप्तिमा कोलम्बिया र पोर्चुगल बराबरीमा, कंगोविरुद्ध उज्बेकिस्तानको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण