इजरायल जान छनोट भएको युवाको उडान अनुमति दिन इजरायल सरकारको ढिलाइ
नेपालबाट रोजगारका लागि इजरायल जान छनोट भएको युवाको उडान अनुमति दिन इजरायल सरकारले ढिलाइ गरेको छ । पछिल्लो समय ओमिक्रोनको जोखिम बढेको भन्दै इजरायलमा सहायक कामदार (केयरगिभर) मा छनोटमा परेका नेपाली युवाको उडान अनुमतिमा ढिलाइ भएको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए ।
उनले रोजगार सम्झौता भएका श्रमिकलाई छिटो छरितो पठाउने सम्बन्धमा विभाग र इजरायल पक्षबीच नियमित रूपमा छलफल भइरहेको पनि जानकारी दिए । गोला प्रथाबाट अन्तिम छनोटमा परेका एक हजार १७५ मध्ये हालसम्म एक हजार आठ युवाको दोहोरो श्रम सम्झौता सम्पन्न भएको छ । दोहोरो श्रम सम्मझौता भएका मध्ये छ सयभन्दा बढी युवा इजरायल जाने प्रतीक्षामा रहेका छन् भने करिब चार सय युवा इजरायल पुगिसकेका छन् ।
विभागका महानिर्देशक पौडेलले इजरायलमा रोजगारका लागि छनोट भएका श्रमिकको भिसा प्रक्रियाका लागि श्रमिकको विवरण इजरायलको जनसङ्ख्या तथा अध्यागमन कार्यालय र नेपालस्थित इजरायली दूतावास पठाउने र त्यहाँबाट भिसा प्रक्रियाको काम भइरहेको बताए । उनका अनुसार हाल इजरायलमा त्यहाँका श्रमिकले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका कारण उडान केही ढिलाइ भएको छ । इजरायलको रोजगारीमा नेपाल पक्षबाट भने सबै काम निरन्तर भइरहेको महानिर्देशक पौडेलको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइफोन १८ प्रोका तस्बिर र प्राविधिक विवरण डार्क वेबमा
-
बजेट विवादका कारण कोशी प्रदेशसभा बैठक पुनः स्थगित
-
‘कङ्गाल करोडपति’मा मुकुनको जोडी बन्दै सलिना
-
एआई चिप बनाउन ५७६ अर्ब डलर खर्च गर्दैछ दक्षिण कोरिया
-
अजय देवगनको आगामी फिल्म ‘चौहान’ विवादमा
-
भाडा नतिर्ने ४५ उद्योगको लाइन काटियो, दुई सातामा ४२ करोड बक्यौता असुल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण