निशा रावलको खुलासा - म बाइपोलर हुँ
अभिनेत्री निशा रावल अहिले कंगना रनौतको रियालिटी शो ‘लक-अप’ मा छिन् । शोको पछिल्लाे शृङ्खलामा प्रतियोगीहरूले मानसिक स्वास्थ्य र सचेतनाका विषयमा कुरा गर्नुपरेको थियो ।
कार्यक्रममा निशाले आफू बाइपोलर डिसअर्डरसँग लडिरहेको स्वीकार गरेकी हुन् । यसबारे कुरा गर्दै निशाले भनिन्, ‘त्यसोभए अब म आफ्नो यात्राको बारेमा बताउन गइरहेको छु । म बाइपोलर (एक प्रकारको मानसिक समस्याले ग्रस्त) हुँ । मैले यति भनिसकेपछि मानिसहरूले बाइपोलर पागल हो ? भन्थे । सबैभन्दा नराम्रो तब भयो जब मेरो बाइपोलरलाई उ पागल हो भनेर बच्नको लागि बहानाको रूपमा प्रयोग गरियो ।'
उनले थपिन्, ‘जब मैले मेरो बच्चा गुमाए, मलाई रुन पनि दिइएन। त्यसपछि म डाक्टरकहाँ गएँ तर मेरो पार्टनरले मलाई साथ दिएनन् । यसका बाबजुद मैले डाक्टरलाई भेटेँ र उहाँसँग कुरा गरेँ र त्यसपछि मलाई थाहा भयो कि म त्यसबेला बाइपोलर अवस्थाबाट गुज्रिरहेको थिएँ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण