१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
सारांश
- कृषि सामग्री कम्पनीका कर्मचारीहरूले मल खरिद प्रक्रियामा चलखेल भएको आरोप लगाएका छन् ।
- राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश खारेजी र संघीयता पुनर्संरचना प्रस्तावपछि मधेसमा आन्दोलनको तयारी सुरु भएको छ ।
- आगामी तीन दिनसम्म मुलुकभर भारी वर्षा हुने प्रक्षेपण गरिएको छ ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. मल खरिदमा चलखेल
कृषि सामग्री कम्पनीका कर्मचारीहरूले अन्तर्राष्ट्रिय गिरोहले नेपालमा मनपरी गरेको र मल खरिद प्रक्रियामा चलखेल भएको आरोप लगाएका छन् ।
२. आन्दोलनको तयारीमा जुटे मधेस केन्द्रित नेता
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश खारेजी र संघीयता पुनर्संरचना गर्ने प्रस्ताव महाधिवेशनबाट पारित गरेपछि मधेसमा आन्दोलनको तयारी सुरु भएको छ ।
३. आगामी तीन दिन भारी वर्षा हुने
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मुलुकभर वर्षाको गतिविधि बढ्ने प्रक्षेपण गरेको छ । शनिबार राति एक विशेष बुलेटिन जारी गर्दै महाशाखाले भोलि र पर्सि पानी पर्ने क्रम झनै बढ्दै जाने जनाएको छ ।
४. चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
लामो समय अन्योलमा रहेको काठमाडौँ चक्रपथ विस्तारको दोस्रो खण्ड (कलंकी–बसुन्धरा) को निर्माण प्रक्रिया अझै भौतिक रूपमा सुरु हुन सकेको छैन ।
५. त्रिवि केन्द्रीय विभागमै विद्यार्थी अभाव
२०१६ सालमा स्थापना भएको देशकै सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयका केही विभागमा पछिल्लो केही वर्षयता विद्यार्थी संख्या घट्दो क्रममा छ । त्रिवि अधिकारीहरूका अनुसार सेमेस्टर प्रणाली र ८० प्रतिशत हाजिरी अनिवार्य हुनुपर्ने लगायतका प्रावधानका कारण विद्यार्थी संख्या घटेको हो ।
६. ओलीले पठाए मानवअधिकार आयोगमा पत्र
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगलाई छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गदै पत्र पठाएका छन् । अध्यक्ष ओलीले जेनजी आन्दोलनबारे आयोगले जारी गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गरेका हुन् ।
७. बजेट कार्यान्वयन सुधारका लागि कर्णालीमा सधैँ उस्तै नीति, अवस्था ज्युँका त्युँ !
कर्णाली प्रदेश सरकारको प्रमुख चुनौतीको विषय हो– बजेट कार्यान्वयन । हरेक पटक अर्थ मन्त्रालय र सरकारको नेतृत्वमा आउनेहरूको प्रमुख एजेन्डा नै बजेट कार्यान्वयनमा सुधार ल्याउने हुन्छ ।
अहिलेका मुख्यमन्त्री यामलाल कँडेल प्रदेश सभाको पहिलो कार्यकालमा विपक्षी बेञ्चबाट भन्थे– जाबो केन्द्र सरकारले दिएको अनुदानको बजेट पनि कार्यान्वयन गर्न नसक्ने ?
८. कांग्रेस नेता अभिषेक गिरी पक्राउ
विराटनगरका नेपाली कांग्रेसका नेता अभिषेक गिरी पक्राउ परेका छन् । उनको घरमा शनिबार बिहान प्रहरीले छापा मारेको थियो । लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
९. उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम आजदेखि प्रारम्भ भएको छ ।
१०. विवादमा तानिए गायक सुजन चापागाईं
गायक सुजन चापागाईंले इन्स्टाग्राममार्फत महिला तथा किशोरीहरूलाई आपत्तिजनक सन्देश पठाएको आरोप लागेपछि स्पष्टीकरण दिएका छन् ।
११. शनिबार विशेष
१२. विश्वकप
- थप समाचारहरु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण