पहिलोपटक बोनस सेयर बाँड्दै नेपाल टेलिकम
मङ्गलबार, ०१ चैत २०७८, १० : ५१
नेपाल टेलिकमले पहिलोपटक लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । सरकारी स्वामित्वको कम्पनी टेलिकमले दोस्रो बजारमा कारोबार सुरू भएयता इतिहासमै पहिलोपटक आफ्ना लगानीकर्तालाई बोनस सेयर वितरण गर्न लागेको हो ।
कम्पनीको ९४२औं सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस र नगद लाभांश गरी कम्पनीले कुल ४० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव कम्पनीको आगामी १४औं वार्षिक साधारण सभाबाट पारित गर्नुपर्ने छ । यस्तै, बोनस र नगद लाभांश वितरण गर्न अर्थमन्त्रालयले समेत स्वीकृती दिनुपर्ने छ । लाभांश वितरण गर्न यही चैत २३ गते बुक क्लोज तथा २४ गते साधारण सभा बोलाइएको छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ पुग्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण