पहिलोपटक बोनस सेयर बाँड्दै नेपाल टेलिकम
मङ्गलबार, ०१ चैत २०७८, १० : ५१

नेपाल टेलिकमले पहिलोपटक लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । सरकारी स्वामित्वको कम्पनी टेलिकमले दोस्रो बजारमा कारोबार सुरू भएयता इतिहासमै पहिलोपटक आफ्ना लगानीकर्तालाई बोनस सेयर वितरण गर्न लागेको हो ।
कम्पनीको ९४२औं सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस र नगद लाभांश गरी कम्पनीले कुल ४० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव कम्पनीको आगामी १४औं वार्षिक साधारण सभाबाट पारित गर्नुपर्ने छ । यस्तै, बोनस र नगद लाभांश वितरण गर्न अर्थमन्त्रालयले समेत स्वीकृती दिनुपर्ने छ । लाभांश वितरण गर्न यही चैत २३ गते बुक क्लोज तथा २४ गते साधारण सभा बोलाइएको छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ पुग्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादमा प्रकृति संरक्षणमा योगदान भएका समुदायका आवाज उठान गर्न माग
-
सरकारले कृषि क्षेत्रमा ठोस नीति नल्याउँदा परनिर्भर हुनुपर्यो : सांसद केसी
-
राइड सेयरिङलाई मान्यता दिने गण्डकी सरकारको निर्णयविरुद्ध यातायात व्यवसायी
-
प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार बनाऔँ : सांसद शेर्पा
-
आईपीओ विवाद : धितोपत्र बोर्डले प्रक्रिया पूरा नगरेका कम्पनीको नाम छुट्टै सार्वजनिक गर्ने
-
हुलाकी राजमार्गलाई प्राथमिकतामा राख्न सांसद चौधरीको माग