आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकी मोटर्सको टिभिएस शर्विस सेन्टर पोखरामा सुरु

सोमबार, १४ चैत २०७८, २० : ५८
सोमबार, १४ चैत २०७८

 जगदम्बा मोटर्सको आधिकारिक विक्रेता वतास व्रदर्सअन्तर्गत गण्डकी मोटर्स प्रा लीले पोखराको पर्स्यंगस्थित आफ्नो अत्याधुनिक सुविधा सम्पन्न टिभिएस सर्विस सेन्टरको संचलान सोमबारबाट सुरु गरेको छ। 

करिब १४ हजारमा फिटमा फिजिएको शर्विस सेन्टर गण्डकीको नै सबै भन्दा ठूलो र सुविधा सम्पन्न शर्विस सेन्टर रहेको कम्पनीको दावी छ । दक्ष टेक्निसियन, पूर्ण रुपमा सुसज्जित कस्तुमर लाउन्ज, पर्याप्त पार्किङ्ग स्पेस, अलग दुर्घटना ईञ्जिन कोठा, आदि सुविधाले सुसज्जित यो सर्विस सेन्टरमा २८ ओटासम्म टिभिएस क्षमता रहेको छ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा WADA​ का प्रमुख मोहन बहादुर खड्का ज्युको उपस्थिति थियो । यसका साथै विषेश अतिथिका रुपमा जगदम्बा मोटर्सबाट CEO​ दीपक अग्रवाल, VP​ दीपक रौनियार, Sr Service GM​ अमरदीप मजुन्दर, Spares and Parts GM​ ड्रोना संग्रौला का साथै Marketing DGM विक्रम शर्मा पौडेलको पनि उपस्थिति रहेको थियो।

 जगदम्बा मोटर्स प्रा।लि। नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १४५ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम कम्पन्नीले जनाएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप