गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित छ : नेता डा कोइराला
आइतबार, २० चैत २०७८, १९ : ४५
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित रहेको बताएका छन् । काँग्रेस तनहुँले आइतबार आयोजना गरेको भेटघाट कार्यक्रममा उनले स्थानीय आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने अधिकार दिइएको बताए ।
गठबन्धन गर्ने नाममा केन्द्रबाट हस्तक्षेप नगरिने बताउँदै उनले भने, “कहाँ कहाँ गठबन्धन गर्ने त्यो निर्णय जिल्लाले गर्छ । त्यो अधिकार केन्द्रमा राखिएको छैन, यो सही निर्णय भएको छ ।” डा कोइरालाले धेरैजसो जिल्लामा काँग्रेस एक्लै निर्वाचन लड्नुपर्छ भन्ने भावना आफूले पाएको उल्लेख गरे । तनहुँमा पनि केही ठाउँमा पुग्दा काँग्रेस एक्लै निर्वाचनमा जानुपर्ने कार्यकर्ताको भावना रहेको भन्दै उनले भने, “जहाँ आवश्यक हुन्छ त्यहाँ गठबन्धन गरौँ ।”
कोइरालाले विधानअनुसार गाउँपालिकाको अध्यक्ष उपाध्यक्षको उम्मेदवार छनौट गर्ने अधिकार जिल्लामा भएकाले सोहीअनुसार अधिकार प्रयोग गर्न आग्रह गरे । “सबै नामावली केन्द्रमा पठाउने होइन, विधानअनुसार चल्नुपर्छ,” उनले भने । केन्द्रीय सदस्य मधु आचार्यले जित्ने ठाउँमा तालमेल गर्न आवश्यक नरहेको बताउँदै काँग्रेस कमजोर भएको ठाउँमा मात्रै तालमेल गर्नुपर्ने बताए । नुवाकोटका पूर्वसभापति जगदीशनरसिंह केसीले काँग्रेसले काँग्रेस उम्मेदवारलाई मतदान गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए ।
महासमिति सदस्य देवराज चालिसेले शक्तिको राजनीतिले कांग्रेसलाई कमजोर बनाएको उल्लेख गरे । जिल्ला सभापति जितप्रकाश आलेले पार्टीको आन्तरिक विग्रहका कारण काँग्रेस कमजोर हुँदै गएकाले एकढिक्का भएर निर्वाचनमा जानुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण