अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्बन गर्नु गैरजिम्मेवार : नेता कोइराला
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्बन गर्नु सरकारको गैर जिम्मेवारपन भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयाेजित एक कार्यक्रममा नेता कोइरालाले यस्तो बताएका हुन् ।
उनले ४० करोड रुपैयाँ विदेशी रकम नेपालमा आउँदा राष्ट बैंकले छानबिन गर्न पाउने बताए । नेता कोइरालाले अर्थमन्त्रालयले गरेका गलत कामहरु राष्ट्र बैंकले रोक्ने काम गरिरहेको हुनाले अधिकांश लोकतान्त्रिक देशहरुमा अर्थमन्त्री र गभर्नरबीचको तालमेल नमिल्ने जिकिर गरे ।
उनले विलासिताका सामान विदेशी सिञ्चिति कम भइरहेको बेलामा आयात गर्नु हुँदैन भन्दा गभर्नरमाथि कारबाही स्वरुप निलम्बन गरिनु गैर जिम्मेवारी भएको बताए । नेता कोइरालाले देशको आर्थिक स्थिति कमजोर भइरहेको बेलामा विलासिताका सामान, मरिच, सुपारी, मटर दाना लगायतका सामग्रीहरु आयात गर्नैपर्ने आवश्यक्ता किन छ भन्ने प्रश्नको उत्तर सरकारले दिनुपर्ने बताए । नेता कोइरालाले सरकारले अहिले गरेका नियुक्तिहरुमाथि पनि प्रश्न गरे । उनले सरकारले राजदूतहरुमा गरेको नियुक्ति संविधानविरुद्ध भएको र त्यसमा समावेशी नभएको दाबी आरोप लगाए । उनले काँग्रेस पार्टी लोकतन्त्रवादी भएकोले कम्युनिष्ट पार्टीहरू जस्तो मनलाग्दी भन्न र गर्न नमिल्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण