अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्बन गर्नु गैरजिम्मेवार : नेता कोइराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्बन गर्नु सरकारको गैर जिम्मेवारपन भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयाेजित एक कार्यक्रममा नेता कोइरालाले यस्तो बताएका हुन् ।
उनले ४० करोड रुपैयाँ विदेशी रकम नेपालमा आउँदा राष्ट बैंकले छानबिन गर्न पाउने बताए । नेता कोइरालाले अर्थमन्त्रालयले गरेका गलत कामहरु राष्ट्र बैंकले रोक्ने काम गरिरहेको हुनाले अधिकांश लोकतान्त्रिक देशहरुमा अर्थमन्त्री र गभर्नरबीचको तालमेल नमिल्ने जिकिर गरे ।
उनले विलासिताका सामान विदेशी सिञ्चिति कम भइरहेको बेलामा आयात गर्नु हुँदैन भन्दा गभर्नरमाथि कारबाही स्वरुप निलम्बन गरिनु गैर जिम्मेवारी भएको बताए । नेता कोइरालाले देशको आर्थिक स्थिति कमजोर भइरहेको बेलामा विलासिताका सामान, मरिच, सुपारी, मटर दाना लगायतका सामग्रीहरु आयात गर्नैपर्ने आवश्यक्ता किन छ भन्ने प्रश्नको उत्तर सरकारले दिनुपर्ने बताए । नेता कोइरालाले सरकारले अहिले गरेका नियुक्तिहरुमाथि पनि प्रश्न गरे । उनले सरकारले राजदूतहरुमा गरेको नियुक्ति संविधानविरुद्ध भएको र त्यसमा समावेशी नभएको दाबी आरोप लगाए । उनले काँग्रेस पार्टी लोकतन्त्रवादी भएकोले कम्युनिष्ट पार्टीहरू जस्तो मनलाग्दी भन्न र गर्न नमिल्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन: महामन्त्री थापा
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक