गणेशको पूजा गरेर सुरु हुनेछ आलिया–रणबीरको विवाहका कार्यक्रम, त्यसपछि हुनेछ मेहन्दी
बलिउड अभिनेता रणबीर कपुर र आलिया भट्टको विवाहबारे नयाँ जानकारी प्राप्त भएको छ । यो जोडीले अप्रिल १३ अर्थात् आज बिहान ११ बजे गणेश पूरा राखेका छन् । त्यसपछि विवाहका कार्यक्रमको सुरुवात हुनेछ । त्यसपछि दिउँसो साढे १ बजेपछि मेहन्दी कार्यक्रम राखिएको छ ।
यी दुई अप्रिल १४ अर्थात् भोलि विवाह बन्धनमा बाँधिने बताइएको थियो तर यी दुईको १५ अप्रिलमा विवाह हुन लागेको भारतीय सञ्चार माध्यमले बताएका छन् । अहिलेसम्म पनि विवाहको मिति निश्चित भइसकेको छैन । आलिया भट्टका सौतेनी भाइ राहुल भट्टले विवाह त हुन लागेको तर मिडियाको उपस्थितिका कारण विवाहको मिति सारिएको र विवाह स्थल पनि फेरिएको जानकारी दिए ।
यस्तै, आलिया भट्टका काका रबिन भट्टले विवाहका कार्यक्रम तीनदेखि चारदिनसम्म चल्ने जानकारी दिए । विवाहबारे कुनै पनि जानकारी दिन अस्विकार गरिएको छ । मंगलबार बेलुका रणबीर कपुरकी बहिनी रिद्धिमा कपुर साहणी पनि आफ्ना श्रीमान् र छोरी समारासँग मुम्बई पुगिन् । जब पापाराजीले उनीहरुलाई विवाहबारे प्रश्न सोधे तब उनीहरुले यता उती हेरे, केही पनि स्पष्ट रुपमा जानकारी दिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
-
सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण