रोल्पामा आधा सिट नदिएमा एक्लै चुनाव लड्ने काँग्रेसको धम्की
नेपाली काँग्रेस रोल्पाले चुनावी भागबण्डा गर्दा आधा सिट नदिए एक्लै चुनावमा जाने धम्की दिएको छ । जिल्लाका १० पालिकामध्ये कम्तिमा ५ सिट आफूले नपाए एक्लै चुनाव लड्ने निर्णय गरेको नेपाली काँग्रेसले जनाएको हो । काँग्रेसले ५ वटा पालिकामा प्रमुख, ५ वटा पालिकामा उपप्रमुख, ७२ वटा वडामध्ये ३६ वडा अध्यक्ष आफूले पाउनुपर्ने माग राखेको छ ।
३६ वडामा अध्यक्ष पाएको वडामा एक जना सदस्य र अन्य ३६ वडामा ३ जना सदस्य पाउनुपर्ने नेपाली काँग्रेस रोल्पा जिल्ला सभापति किशोरकुमार आचार्यले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जिल्लामा पार्टीको संगठन मजबुत बनेकाले आफूहरूले आधा सिट पाउनुपर्ने कार्यकर्ताको दबाब रहेकाले सोहीअनुसार नभए एक्लै चुनाव लड्ने तयारी गर्न निर्देशन दिएको ब्यहोरा विज्ञप्तिमा उल्लेख गरेको छ।
२०७४ सालको स्थानीय चुनावमा रोल्पामा माओवादीले सात, एमालेले दुई र नेपाली काँग्रेसले एउटा स्थानीय तह जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)