काँग्रेस कमजोर छैन, कसैको बैसाखी चाहिँदैन : शेखर कोइराला
बुधबार, ०७ वैशाख २०७९, २० : ०८
नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाले काँग्रेस कमजोर नभएको दाबी गरेका छन् । कमजोर नभएका कारण काँग्रेसलाई कसैको बैसाखी जरुरी नभएको उनको भनाइ छ ।
नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा नेता कोइरालाले जितका लागि कम्युनिस्ट सहारा नचाहिने तर्क गरे । काँग्रेस एक्लै गन्तव्यमा पुग्न सक्ने उनको भनाइ थियो ।
‘नेपाली काँग्रेस कमजोर छैन । एक्लै लडे पनि हामी हाम्रो गन्तव्यमा पुग्नसक्छौँ भन्ने आत्मविश्वास छ । काँग्रेसलाई कसैको बैसाखी चाहिएको छैन’, कोइरालाले भने ।
उनले पार्टीको निर्णय बिरुद्ध गठबन्धन भएको बताए । केन्द्रीय समितिको निर्णय विपरीत गठबन्धनको नाममा तालमेलको निर्णय भएको भन्दै उनले निर्वाचनपछि सबै कुराको लेखाजोखा गर्ने बताए ।
तर अहिले काँग्रेसका उम्मेदवारलाई जिताउन लाग्नु पर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण