काँग्रेस कमजोर छैन, कसैको बैसाखी चाहिँदैन : शेखर कोइराला
बुधबार, ०७ वैशाख २०७९, २० : ०८

नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाले काँग्रेस कमजोर नभएको दाबी गरेका छन् । कमजोर नभएका कारण काँग्रेसलाई कसैको बैसाखी जरुरी नभएको उनको भनाइ छ ।
नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा नेता कोइरालाले जितका लागि कम्युनिस्ट सहारा नचाहिने तर्क गरे । काँग्रेस एक्लै गन्तव्यमा पुग्न सक्ने उनको भनाइ थियो ।
‘नेपाली काँग्रेस कमजोर छैन । एक्लै लडे पनि हामी हाम्रो गन्तव्यमा पुग्नसक्छौँ भन्ने आत्मविश्वास छ । काँग्रेसलाई कसैको बैसाखी चाहिएको छैन’, कोइरालाले भने ।
उनले पार्टीको निर्णय बिरुद्ध गठबन्धन भएको बताए । केन्द्रीय समितिको निर्णय विपरीत गठबन्धनको नाममा तालमेलको निर्णय भएको भन्दै उनले निर्वाचनपछि सबै कुराको लेखाजोखा गर्ने बताए ।
तर अहिले काँग्रेसका उम्मेदवारलाई जिताउन लाग्नु पर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन: महामन्त्री थापा
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक
-
पर्सामा आगलागीबाट घरगोठ जले