शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौं महानगर १५ मा नेकपा एसले खाता खोल्यो, वडाध्यक्षमा डंगोल विजयी

बिहीबार, १२ जेठ २०७९, १४ : ३९
बिहीबार, १२ जेठ २०७९

नेकपा एकीकृत समाजवादीले काठमाडौं महानगरको एउटा वडामा जित हात पारेको छ । काठमाडौं महानगरपालिकाको मतगणनाको अन्तिम चरणमा वडा नम्बर १५ मा नेकपा एसका उम्मेदवार ईश्वरमान डंगोल विजयी भएका हुन् ।

उनले ३ हजार ४ सय ४६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका जिवन डंगोलले १ हजार ५ सय ७२ मत पाएका छन् । उनी यसअघि २०७४ को निर्वाचनमा एमालेका तर्फबाट सोही वडामा निर्वाचित रहेका थिए । उनी यसअघि काठमाडौं महानगरपालिकाका प्रवक्ता समेत रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप