शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नै साथीको चिर्पट प्रहारबाट हितमानको मृत्यु: यस्तो थियो घटना

बुधबार, २० मङ्सिर २०७४, ०८ : ३४
बुधबार, २० मङ्सिर २०७४

बेसीशहर - राइनास नगरपालिका ९ कुडुलेमा चिर्पट प्रहारबाट गम्भीर घाइते एक अधबैंसेको उपचारका क्रममा मृत्यु भएको छ ।
राइनास नगरपालिका १० सिमघारीस्थित रत्न प्राविका पूर्वप्रधानाध्यापक ५५ बर्षीय हितमान श्रेष्ठको उपचारका क्रममा न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

डीएसपी पदमबहादुर विष्टका अनुसार गाउँमा स्थानीय ३६ बर्षीय बेलबहादुर गुरुङले श्रेष्ठलाई चिर्पटले हानेका हुन् ।

-मंसिर ११ गते राति घटना भएको हो ।
-घटनापछि घाइते श्रेष्ठलाई लमजुङ जिल्ला सामुदायीक अस्पताल लगिएको थियो ।
-त्यहाँ उपचार हुन नसक्ने भएपछि उनलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो । 
-मणिपाल हस्पिटलमा आइसियु सुविधा नभएको भन्दै फिस्टेल हस्पिटलमा रिफर गरियो । 
-फिस्टेलमा पनि उपचार सम्भव नभएपछि काठमाडौंस्थित न्युरो अस्पतालमा उपचार भइरहेको थियो ।
-उपचारको क्रममा श्रेष्ठको गत सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार,
-घटना भएको दिन दुवैले मादक पदार्थ सेवन गरेका थिए । 
-दुवैजना मिल्ने साथी हुन् ।
-सांस्कृतिक कार्यक्रम हेरेर फर्कने क्रममा झगडा भएको हो । 
-पीडक बेलबहादुर पनि सामान्य घाइते छन् ।
-बेलबहादुर फरार छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप