पुरानो गठबन्धनले देश बर्बाद बनायो, नयाँले त्यस्तो नगरोस् : पार्वत गुरुङ
शुक्रबार, २१ वैशाख २०८१, १२ : ४६
काठमाडौँ । पूर्वसञ्चारमन्त्री एवम् एमालेका नेता पार्वत गुरुङले पुरानो गठबन्धनले देश बर्बाद बनाएको आरोप लगाएका छन् । पुरानै गठबन्धनले जस्तो नयाँ गठबन्धनले काम गरे जनताले नसहने उनले बताए । एमालेले देश र जनताको समृद्धिका लागि मिसन ८४ अभियान चलाएको उनले जिकिर गरे ।
‘पुरानो गठबन्धनले देश बर्बाद बनायो । नयाँ गठबन्धनले पुरानै गठबन्धनको जस्तो काम गरे जनताले सहँदैनन्’, शुक्रबार पत्रकार महासंघको २७ औं महाधिवेशन समारोहमा बोल्दै उनले भने ।
एमालेले गठबन्धन बनाउन मात्र सीमित नहोस्, देशले सही दिशा र समृद्धिको बाटोमा लागोस् भनेर एमालेले मिसन ८४ चलाइएको उनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण