शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नर्वेमा भेटियो ३,००० वर्ष अघिको संसारकै सबैभन्दा पुरानो जुत्ता

सोमबार, २३ जेठ २०७९, १३ : १६
सोमबार, २३ जेठ २०७९

नर्वेमा भेटिएको विश्वकै सबैभन्दा पुरानो जुत्ता करिब ३,००० वर्ष पुरानो हो । यसलाई कास्य युगको जुत्ता बताइएको छ । नर्वेको साइन्स एन्ड टेक्नोलोजी युनिभर्सिटीको रिपोर्ट अनुसार यो जुत्ता ती हजारौँ प्राचिन कलाकृतिमध्ये एक हो जुन पछिल्लो दुई दशकमा यहाँ पहाडमा जमेको बरफ पग्लिएका कारण पाइएको थियो ।

 यो प्राचिन जुत्ता वास्तवमा सन् २००७ मा दक्षिण नर्वेको जोतुनहेमेनको पहाडी इलाकामा भेटिएको थियो । यो छालाको जुत्ता कुनै महिला वा पुरुषको हुनसक्ने बताइएको छ । यो जुत्तासँग थुप्रै तीर र काठको कोदालो पनि भेटिएको थियो । यसमार्फत् थाहा हुन्छ कि यो इलाका शिकारको एक महत्वपूर्ण मैदान हुने गर्दथ्यो । यो जुत्ताको खोजी गर्ने अनुसन्धाताका अनुसार यो जुत्ता करिब ११०० इसापूर्वको हो, जुन नर्वेको सबैभन्दा पुरानो जुत्ता हुनसक्छ ।

वैज्ञानिकद्वारा चिन्ता व्यक्त

एसिडिक माटो वा विशाल हिमनदीमुनि दबिएको चिजभन्दा ठिक विपरित नर्वेको पहाडमा बरफको प्याचमा भेटिएका वस्तुहरुको स्थिति हज्जारौँ वर्षपछि पनि उत्कृष्ट हुन्छन् । यहाँ हतियार, कपडा, बोटबिरुवा र जनावरको अवशेष सबै बरफ भित्रैबाट निस्कने गर्छ । यसमार्फत् नर्वेको हज्जारौँ वर्षको इतिहास सार्वजनिक भएको छ । तर यो नयाँ रिपोर्टले भने अब जलवायु परिवर्तनले सबैकुरा नष्ट गर्न सक्ने बताएको छ ।

केही दशकमा नै नर्वेको बरफको निकै ठूलो हिस्सा पग्लन सुरु भएको छ । एनटीएनयू युनिभर्सिटी म्युजियमका एक पुरातत्वविद् तथा एसोसिएट प्रोफेसर बिगरित स्कारका अनुसार सन् २०२० मा खिचिएको सेटलाइट तस्बिरको आधारमा सर्भे गरिएको थियो जसमार्फत् १० छानिएका बरफको प्याचमध्ये ३० प्रतिशतभन्दा बढी पग्लिएको छ ।

जलवायु परिवर्तनले खराब हुनसक्छ प्राचिन वस्तु

बरफको प्याच पहाडको उचाइमा बन्ने गर्छ । गर्मीमा यो बरफ पूर्ण रुपमा पग्लिँदैन जबकी हिमनदीभन्दा विपरित बरफको यो प्याच बग्दैन, त्यसैले बरफको प्याचमा गाडिएका चिज हज्जारौँ वर्षसम्म निकै राम्रो अवस्थामा रहन्छ । जब बरफ पग्लन सुरु हुन्छ तब त्यस्ता कुराहरु देखिन थाल्छ । यद्यपि, वैज्ञानिकले बरफ पग्लने बित्तिकै यी चिज भेट्टाउन सकिएन भने यी कलाकृति हराउने खतरा हुने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप