‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्छु : रेनु दाहाल
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले ‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । बुधबार भरतपुर वडा नंं ७ मध्यबिन्दु टोलस्थित प्रेमवस्ती कभर्ड हलको शिलान्यास कार्यक्रममा मेयर दाहालले सो कुरा बताएकी हुन्।
भरतपुरबासीहरुको चाहाना तीब्र विकास, सुशासन, पारदर्शिता रहेकाले विगतको अनुभवका आधारमा यो पाँच वर्षको लागि मैदान उत्रिसकेको प्रमुख दाहालले बताइन् । ‘सबै पक्षले मलाई अत्यधिक मत दिनुभएको छ, उनले भनिन्, ‘यसको लागि म ऋणी छु । यो मेरो अन्तिम कार्यकाल हो । मैले चाहेर पनि फेरि मेयर हुन पाउँदिन । समय पनि धेरै छ । काम पनि धेरै गर्ने छु । सकेको राम्रो गर्छु ।’
विकासका लागि महत्त्वकांशी भएकै कारण पहिलो कार्यकालमा भरतपुरमा सोचेको भन्दा बढी बजेट ल्याउन र विकास गर्न सकेको स्मरण गरिन् । मेयर दाहालले दोस्रो कार्यकालको लागि निर्वाचनको मत परिणाम नआउँदै भरतपुरको विकासको बारेमा चिन्तित भई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलसँग कुराकानी भएको उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै