ad
x

अनेसासको अध्यक्षमा गोवर्द्धन पूजाको उम्मेदवारी

person explore access_timeअसार १२, २०७९ chat_bubble_outline0

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय समितिको निर्वाचनका लागि साहित्यकार गोवर्द्धन पूजाले अध्यक्षको पदमा उम्मेदवारी दर्ता गराएका छन् ।


विगत १२ वर्षदेखि अमेरिकाको बोस्टनलाई आफ्नो कर्मथलो बनाएका पूजाले यसअघि दुई कार्यकाल महासचिवको सफल कार्यकाल पूरा गरिसकेर हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाली रहेका छन्।



विशेषतः कविताका क्षेत्रमा चर्चित पूजाका पीडा अवतार, अनामनगरकी अम्बिका, प्रेम अवतार, वाचाल ओठहरूलगायतका कविता कृतिसहित एक दर्जन साहित्यिक कृति प्रकाशित छन् ।

नेपालमा छदै नेपाल सरकारले ४० बर्षभन्दा मुनिका युवालाई दिने मोती पुरस्कारबाट सम्मानित भइसकेका पूजाले नारायणी वाङ्मय पुरस्कार, भानुमोती पुरस्कार, भानुभक्त लेखन पुरस्कार, भानुभक्त द्वशर्वार्षिकी स्वर्ण पदक, नेपाल प्रज्ञाप्रतिष्ठानको कविता महोत्सवमा पुरस्कृत भएसँगै दुई दर्जन साहित्यिक पुरस्कार र सम्मानबाट सम्मानित भइसकेका छन् ।

गजल मञ्चको संस्थापक अध्यक्ष, हिमालयन लायन्स क्लब बोस्टनको अध्यक्षसमेत रहेका पूजाले सांगठनिक क्षेत्रमा समेत कुशल नेतृत्वकर्ताको रूपमा परिचय बनाएका छन् ।

जुलाईको ९ र १० मा विधुतीय माध्यमबाट हुने  निर्वाचन अनेसासका २३८१ मतदाताले मतदान गर्ने छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।