निजामती विधेयक कार्यान्वयनमा आए मात्र सङ्घीयता बलियो हुन्छ : मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राज्यका हरेक कामलाई प्रभावकारीरुपमा सम्पादन गर्ने काम कर्मचारी प्रशासनको भएको बताएका छन् ।
उनले प्रदेशसभाबाट निजामती विधेयक पारित गरी कार्यान्वयनमा आएमात्र सङ्घीयता बलियो हुने बताए । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को कार्यालयले आज बुटवलमा आयोजना गरेको प्रदेश निजामती विधेयक विषयक छलफल कार्यक्रममा उनले प्रदेशका जनतालाई सकारात्मक रुपले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । उनले कर्मचारी प्रशासनलाई जनताको सेवकका रुपमा अगाडि बढाएर सेवा प्रवाहलाई छिटो, छिटो प्रदान गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए।
मुख्यमन्त्री केसीले सङ्घीयताको कार्यान्वयनका लागि कर्मचारी प्रशासन तयार भएपछि मात्रै सङ्घीयताले मूर्तरूप लिने बताए । उनले लुम्बिनी प्रदेशको निजामती कर्मचारी ऐन नमूना र कार्यान्वयनका लागि सहज हुने तरिकाले निर्माण गरी अगाडि बढाउन निर्देशनसमेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण