शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नवलपरासीमा साढे ७  हजार मत बदर

सोमबार, २५ मङ्सिर २०७४, १५ : ५७
सोमबार, २५ मङ्सिर २०७४

परासी–नवलपरासीमा मतदाता शिक्षा प्रभावकारी नभएकाले बदर मतको संख्या बढेको पाइएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षाका लागि वार्डवार्डमा खटाएको स्वयम् सेवकहरुले मतदाता शिक्षालाई प्रभावकारी नबनाएकाले जिल्लामा बदर मतको संख्या बढेको अनुमान गरिएको छ । जिल्लामा कुल ७ हजार ६ सय ८७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गएराती मात्र सम्पन्न प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको मतगणनाम पछिल्लो निर्वाचन भन्दा यस पटक बढि बदर मत भएको बताइएको छ ।

 जिल्लाको बर्दघाट सुस्ता पश्चिम क्षेत्रमा र्दुइ वटा प्रतिनिधि सभा तथा ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । जिल्लामा कुल २ लाख ८ हजार २ सय ३७ मतदाता रहेपछि दुईटै प्रंतिनिधि सभा गरि कुल १ लाख ६१ हजार ३ सय ८५ मत खसेको थियो ।

निर्वाचन कार्यालयले मतदाता शिक्षामा लाखौं रुपिया खर्चे पनि उपलब्धी न्युन देखिएको छ । मतगणना गर्दा जिल्लाको प्रतिनिधि सभा १ र २ मा गरि यति धेरै मत बदर देखिएकाले पक्कै जिल्लामा मतदाता शिक्षा प्रभावकारी नभएको मुल्याङ्कन गरिन्छ । 

यो त प्रतिनिधि सभाको मात्र हो प्रदेश सभामा पनि करिब ८ हजार मत बदर भएको पाइएको छ । प्रति प्रदेश सभामा २ हजारको अनुपातमा बदर मतले करिब ८ हजार नै बदर मत भएको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप