समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान
काठमाडौँ । सहकारी ठगीबारे संसदीय छानबिन समिति बनाउँदा ठगी गर्ने कम्पनीको नाम उल्लेख गर्नुपर्ने अडान नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राखेको छ । शनिबार बिहान प्रधानमन्त्री निवासमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलसँग गरेको छलफलमा कांग्रेसले सो अडान राखेको हो ।
बैठकमा संसदीय समिति गठनबारे यसअघि तयार गरिएको मस्यौदाबारे छलफल भएको थियो । जीवन परियार र स्वर्णिम वाग्लेले समितिबारे मस्यौदा तयार गरेका छन् ।
माओवादी उपमहासचिव जनार्दन शर्माका अनुसार प्रधानमन्त्रीले सोही मस्यौदा वरपर सहमति खोज्नका लागि कांग्रेस नेताहरूसँग आग्रह गरेका थिए ।
‘मस्यौदा यसअघि नै बनिसकेको रहेछ । प्रधानमन्त्रीज्यूले त्यसैमा छलफल गरेर सहमति खोज्न आग्रह गर्नुभयो,’ शर्माले रातोपाटीसँग भने, ‘कांग्रेसले यसका लागि आफूहरू तयार नै रहेको जवाफ दिएको थियो । तर, समिति गठन गर्दा ठगी गर्ने कम्पनीको नाम भने स्पष्ट रूपमा उल्लेख हुनुपर्ने कांग्रेसको माग रहेको थियो ।’
आज भएको छलफलमा प्रधानमन्त्री प्रचण्ड समिति गठन गरी निकास दिन सकारात्मक रहेको कांग्रेसको बुझाई छ । कांग्रेस नेता लेखकले प्रधानमन्त्रीले पनि गतिरोध चाँडै अन्त्य होस् भन्ने चाहना राखेको रातोपाटीलाई बताए ।
आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूले विश्वासको मत लिन लागेको विषयमा पनि प्रमुख प्रतिपक्षी दललाई जानकारी गराएका थिए । संसद्मा जारी गतिरोधका कारण राष्ट्रपतिलाई धन्यवाद ज्ञापनसमेत गर्न नपाएको प्रधानमन्त्री दाहालले सुनाएका थिए ।
प्रधानमन्त्रीले आजै सत्तापक्षका दलहरूसँग छलफल गर्ने र पुनः कांग्रेससँग छलफल गर्ने पनि जानकारी दिएका छन् । ‘प्रधानमन्त्रीज्यूले आजै सत्तापक्षसँग छलफल गरेर तपाईंहरूलाई फेरि बोलाउँछु भन्नुभएको छ,’ कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने, ‘थप छलफल गर्न हामी सबै सहमत छौँ ।’
आजको बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासहित, पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा र लेखक सहभागी थिए । त्यस्तै, माओवादीबाट जनार्दन शर्मा पनि आजको छलफलमा उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण