बागमतीको अर्थ तथा विकास समितिमा राप्रपाविरुद्ध राप्रपा उम्मेदवार
हेटौँडा । बागमती प्रदेशको अर्थ तथा विकास समितिको सभापतिमा राप्रपाका २ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । समितिको सभापति चयन प्रक्रियाको क्रममा दलहरू बिचको सहमतिअनुसार राप्रपाको भागमा परेको अर्थ तथा विकास समितिको सभापतिमा २ जनाले मनोनयन दर्ता गरेका हुन् ।
सो समितिमा राप्रपाका नुरज बज्राचार्य र आशा लामाले मनोनयन दर्ता गराएका छन् । राप्रपाले उम्मेदवारको नाम समयमा निर्णय गर्न नसक्दा २ जनाको मनोनयन दर्ता भएको हो ।
रमाइलो विषय त के हो भने राप्रपाका उम्मेदवार नै अर्का उम्मेदवारको प्रस्तावक छन् भने समर्थक २ वटै उम्मेदवारको एकै जना रहेका छन् । सभापतिका लागि उम्मेदवारी दिएकी लामाको प्रस्तावक अर्का उम्मेदवार बज्राचार्य रहेका छन् भने सांसद डम्बर तामाङ दुवै उम्मेदवारको समर्थक बसेका छन् ।
लामाले सांसद बज्राचार्यको प्रस्ताव र तामाङको समर्थनमा मनोनयन दर्ता गरेकी छन् भने बज्राचार्यले कांग्रेसका सांसद रमेशकुमार महतको प्रस्ताव र तामाङको समर्थनमा मनोनयन दर्ता गराएका छन् । उक्त त्रुटि भएपछि अहिले राप्रपा संसदीय दलको बैठक बसिरहेको छ भने निर्धारित कार्य तालिका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन सकेको छैन ।
राप्रपाले उक्त त्रुटि हटाउन प्रदेशसभाका सभामुख भुवनकुमार पाठकसँग आग्रह गरे पनि सभामुख पाठकले प्रक्रिया नमिल्ने बताएका थिए । सो सँगै आधिकारिक उम्मेदवारीका विषयमा अन्यौलता देखिएपछि राप्रपा छलफलमा जुटेको हो । राप्रपाले आफ्नो निर्णय नभएसम्म अन्तिम नामावली सार्वजनिक नगर्न भनिरहेको छ ।
यता उक्त त्रुटिका बिच प्रदेशसभा सचिवालयले शनिवार बस्ने सो समितिको बैठकमा उम्मेदवारी निर्णायार्थ पेश गर्ने तयारी गरेको छ । सो समितिको बैठकको निर्णयअनुसार आधिकारिक उम्मेदवार छनौट गरी सभापति चयन गर्ने सचिवालयको तयारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण