कविता
तीनवटा पुल
शनिबार, ०५ जेठ २०८१, १० : २८
एउटा पुल
कुराकानी चल्दैछ
हुने निधो भइसक्यो
चाँडै नै बन्दैछ
सम्बन्ध हो यो पुल
नयाँ दुई आत्मालाई
प्रेमको नयाँ सुरुवात
मीठा मीठा चाहना
दोस्रो पुल
कति राम्रो अति सुन्दर
सजिएर बनिसक्यो
आरपार गर्नेको भिडभाड
वैवाहिक यात्राको खुसीयाली
प्रेमिल दाम्पत्य जीवन
रमाउँदै सन्तानसँग
नदीको माथिमाथि
तेस्रो पुल
एकान्तमा एक्लै
भत्किएर छाडिएको
टुटेर फुटेर खसेका
अलपत्र दुई किनारामा
चर्किएका दुई मुटु
बिछोडको सम्झना हो यो पुल
आँसु बगिरहेछ धमिलो नदीसँगै
एउटा पुल
दुई प्रेमीको मीठो आशा
दोस्रो पुल
पारिवारिक प्रेम सुख
तेस्रो पुल
बिछोडको बिसेक नहुने घाउ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण