शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभातर्फ यस्तो आयो महोत्तरीको अन्तिम नतिजा

सोमबार, २५ मङ्सिर २०७४, १६ : ५६
सोमबार, २५ मङ्सिर २०७४

महोत्तरी–महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गिरिराजमणी पोखरेल विजयी भएका छन् । 
पोखरेल २३ हजार ७ सय ७६ मतले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी संघीय समाजवादी फोरमका लक्ष्मी महतोले १९ हजार ४ सय ९२ मत प्राप्त गरे । 
यता निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय जनता पार्टी नेपालका शरतसिंह भण्डारी ३० हजार ७ सय २२ मतका साथ विजयी भईसकेका छन् । उनका प्रतिद्धन्दी नेपाली काँग्रेसकी किरण यादवले १३ हजार ९ सय ७४ मत प्राप्त गरिन् । 


 क्षेत्र नम्बर ३ मा पनि राजपाका महन्थ ठाकुर विजयी भएका छन् । २७ हजार ७ मत प्राप्त गरेका ठाकुर संग बाम गठबन्धनका विजय कुमार चौधरी भारी मतान्तरले पराजित हुनुपरेको छ  । बामका चौथरी र रापजका ठाकुर बिच १८ हजार ३ सय २९ मतान्तर रहेको  छ । बाम गठबन्धन तथा नेकपा एमालेका साझा उम्मेद्धवार चौधरीले ठाकुर भन्दा निकै कम मत प्राप्त गरेका छन् ।  
सिराहाको प्रतिनिधिसभा ४ मा संघीय समाजवादी फोरम नेपालले विजयी हासिल गरेको छ ।  फोरमका सुरेन्द्र कुमार यादव १८ हजार ३ सय ५३ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका महेन्द्र कुमार रायको पक्षमा १३ हजार २५ मत खसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप