शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

निर्वाचित भएपछि प्रचण्डले दिए प्रधानमन्त्री देउवालाई धन्यवाद

सोमबार, २५ मङ्सिर २०७४, १९ : १६
सोमबार, २५ मङ्सिर २०७४

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद ज्ञापन गरेका छन् ।

चितवन क्षेत्र नम्बर तीन बाट प्रतिनिधि सभासदस्यमा निर्वाचित भएपछि एक विज्ञप्ति जारी गर्दै उनले प्रधानमन्त्रीलाई धन्यवाद दिएका हुन् ।

त्यस्तै आफूलाई विजयी गराउने चितवनका मतदाता र बाम गठबन्धनलाई देशैभर जिताउने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रेस विज्ञप्ति

संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा भएपछिको प्रदेश र प्रतिनिधिसभाको पहिलो ऐतिहासिक निर्वाचनमा सिङ्गो देशको उल्लासपूर्ण सहभागिता र वाम गठबन्धनलाई ऐतिहासिक अनुमोदनका लागि म देशभित्र र बाहिर रहनुभएका सबै आमाबुवा, दिदीबहिनी दाजुभाइप्रति हार्दिक आभार प्रकट गर्दछु ।
वाम गठबन्धनको विजयसँगै देशमा अब राजनीतिक स्थायित्व र आर्थिक सम्बृद्धिको नयाँ युग सुरु भएको छ । यो ऐतिहासिक परिणामका लागि अथक रुपमा क्रियाशील नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० का देशैभरिका नेता–कार्यकर्ता बधाई र धन्यवादका पात्र हुनुुहुन्छ ।
अहिलेको विजयलाई हाम्रो परीक्षा र जिम्मेवारीका रुपमा लिन र संयमपूर्वक राष्ट्रिय सम्बृद्धिका लागि थप क्रियाशील हुन म सबै वामपन्थी नेता, कार्यकर्ता र आम जनतालाई हार्दिक आग्रह गर्दछु ।
म निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेर बहादुर देउवालाई पनि धन्यवाद ज्ञापन गर्दछु । अब सरकारबाट संविधानको मर्म अनुसार सहज रुपमा नयाँ सरकार निर्माणमा सहयोगको समेत अपेक्षा गर्दछु ।
ममाथि विश्वास गर्ने चितवन क्षेत्र नं। ३ का सबै मतदाताप्रति म अत्यन्त आभारी छु । आउँदा दिनमा बिना भेदभाव सिङ्गो चितवनको साझा अभिभावक बन्ने र चितवनलाई आर्थिक सम्बृद्धिको केन्द्र बनाएर समस्त राष्ट्रकै आर्थिक सम्बृद्धिका लागि क्रियाशील रहने प्रतिबद्धता दोहोर्याउँछु ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
नेकपा माओवादी केन्द्र
२०७४, मंसिर २५

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप