शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कास्की–२ को समानुपातिकमा पनि एमाले अगाडि

मङ्गलबार, २६ मङ्सिर २०७४, १५ : २९
मङ्गलबार, २६ मङ्सिर २०७४

पोखरा– कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक मतमा एमाले अगाडि देखिएको छ ।  प्रत्यक्षतर्फको प्रतिनिधिसभा र प्रदेशसभा(क)मा एमाले र९ख०मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । आज अपराह्न सम्पन्न मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकमा एमालेले २२ हजार ९६९, नेपाली कांग्रेसले १६ हजार ६४ र नेकपा(माओवादी केन्द्र) ले तीन हजार ४७९ मत पाएका छन् । 

यस्तै विवेकशील साझा पार्टीले दुई हजार ७६८, राप्रपाले एक हजार ७१,संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले ३७४–३७४, राष्ट्रिय जनमोर्चाले १२६ तथा अन्य ४३ राजनीतिक दलले समानुपातिकमा मत ल्याएका छन् । 

त्यस्तै प्रदेशसभातर्फको समानुपातिकमा एमालेले २१ हजार ७९७, काँग्रेसले १५ हजार ६६०, माओवादी केन्द्रले चार हजार ५७, विवेकशील साझा पार्टीले दुई हजार १६१, राप्रपाले एक हजार २२०, नयां शक्ति पार्टीले ५३२, संघीय समाजवादी फोरमले ४८२ र राष्ट्रिय जनमोर्चाले १४६ मत ल्याएका छन् । 

जिल्लाको प्रतिनिधिसभाततर्फ कूल मतदाता ७० हजार ६५१, खसेको मत ४९ हजार ९०६ र कूल सदर मत ४७ हजार ९८८ थियो भने प्रदेशसभा ‘क’ मा कूल मतदाता संख्या ३७ हजार ६४३, खसेको मत २६ हजार ४०६ र सदर मत २४ हजार ८१९ थियो । 

त्यस्तै ‘ख’मा कूल मतदाता संख्या ३३ हजार आठ, खसेको मत २३ हजार ५०० र सदर मत २२ हजार १०० भएको निर्वाचन अधिकृत गंगाप्रसाद पौडेलले जानकारी दिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप