‘इन्डक्सन फर्नेस मिल उद्योगीलाई दिइएको छुट सुविधा विभेदकारी’
काठमाडौँ । इन्डक्सन फर्नेस मिल उद्योगीलाई दिइएको छुट सुविधा एकतर्फी र विभेदकारी रहेको सरोकारवाला व्यवसायीहरूले बताएका छन् ।
फलामे छड बनाउन आवश्यक सम्पूर्ण कच्चा पदार्थहरू विदेशबाट नै पैठारी गर्नुपर्ने वास्तविकता रहेको भन्दै व्यवसायीहरूले रोलिङ्ग मिलमा राजश्वको भार थप्दै राज्यले इन्डक्सन फर्नेसबाट फलामे छड उत्पादन गर्ने उद्योगलाई बिलेट्सबाट छड उत्पादन गर्ने रोलिङ्ग मिललाई भन्दा बढी राजश्व छुट सुविधा दिएको गुनासो गरेका हुन् ।
विगत बर्षहरुमा नेपालमा फलामे छड उत्पादन गर्नका लागि बिलेट्सको पैठारी ठुलो मात्रामा गरिन्थ्यो । वार्षिक १२ लाख मेट्रिकटन भन्दा बढी बजार रहेको फलामे छड उत्पादनमा प्रयोग हुने कच्चा पदार्थमा रोलिङ्ग मिलमा प्रयोग हुने बिलेट्सले ८५% हिस्सा ओगट्दथ्यो । यस्तै इन्डक्सन फर्नेस मिलबाट स्पञ्ज, स्क्राप तथा पिग आइरन प्रयोग गरी छड उत्पादन गर्नेहरूले कुल पैठारी परिमाणमा केवल १५% हिस्सा राख्दथे ।
आर्थिक बर्ष २०७७।७८ सम्म यहि सेरोफेरोमा घुमेको पैठारी विवरण २०७८ भाद्र २५ गते जारी भएको प्रतिस्थापन विधेयक र सो पछि जारी आर्थिक ऐनहरू मार्फत लागु गरेका करका दरहरूका कारण बिस्तारै परिवर्तन हुँदै गएको हो ।
विभिन्न मितिमा जारी आर्थिक ऐनहरू मार्फत फलामे छडका कच्चा पदार्थहरूमा लाग्ने करका दरहरूका गरिएको परिवर्तन गरिएको थियो । यसबाहेक बाहेक थप कच्चा पदार्थहरू स्क्राप र पिग आइरन पैठारीमा २०७८।०५।२५ गते देखि भन्सार महसुल तथा अन्तःशुल्क शत प्रतिशत छुट गरिएको छ ।
इन्डक्सन फर्नेसबाट छड उत्पादन गर्दा केवल २२% को मात्र वास्तविक मूल्य अभिवृद्धि हुन्छ ।तर भारतबाट पैठारी हुने स्पेयर पार्टस तथा भारतबाटै आउने फर्नेस आयल तथा डिजेलको खर्चलाई वास्तविक मूल्य अभिवृद्धिमा समावेश गर्न नसकिने एक व्यवसायीले बताए । साथै इन्डक्सन फर्नेस भट्टीमा काम गर्ने अधिकांश श्रमिकहरु भारतीय नै हुने हुँदा तलब तथा ज्याला भुक्तानी समेत वास्तविक मूल्य अभिवृद्धिमा समावेश गर्न नसकिने उनको भनाइ छ ।
राजश्वका दरहरूमा गरिएको व्यवस्थामा कारण फलामे छडको कच्चा पदार्थका रूपमा नेपालभित्र बिलेट्सको स्थानमा स्पञ्ज, स्क्राप तथा पिग आइरनको पैठारी परिमाण बर्सेनि क्रमशः. बढिरहेको तथ्याङ्कले देखाउँछ ।
बिलेट्सलाई स्पञ्ज, स्क्राप तथा पिग आईरनले प्रतिस्थापन गरेपनि ती वस्तुहरूको पैठारीमा भएको परिमाणात्मक वृद्धिले राजश्वमा खासै वृद्धि नभएको बताइएको छ ।
एक व्यवसायीले भने, ‘इन्डक्सन फर्नेस मार्फत उत्पादन गर्दा १५% बढी कच्चा पदार्थ प्रशोधनका क्रममा खेर जाने हुदाँ कच्चा पदार्थको पैठारिका लागि थप रकम समेत विदेशिएको छ । जसबाट राज्यको ढुकुटीमा कुनै योगदान नै हुँदैन । उद्योग सञ्चालनका लागि पैठारी प्रतिस्थापन गर्ने र स्वदेशी मूल्य अभिवृद्धि बढाउने आधार लिइएको भएता पनि वास्तविकतामा बिलेट्सको पैठारी प्रतिस्थापन भई स्पञ्ज, स्क्राप तथा पिग आइरनको पैठारी बढ्न गयो । राज्यबाट बाहिरिने विदेशी मुद्रामा कुनै कमी आएन तर राजश्वमा भने योगदान नै भएन ।’
कच्चा पदार्थमा दिईएको राजश्व छुट उत्पादनको लागत कम भई आम उपभोक्तामा समेत महसुस हुनुपर्नेमा केवल उद्योगीको नाफामा मात्र योगदान पुगेको ती व्यवसायीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण