सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

एमालेलाई निर्णायक शक्तिको रूपमा स्थापित गराउनुपर्छ : अध्यक्ष ओली

शुक्रबार, २१ वैशाख २०८१, २० : ४२
शुक्रबार, २१ वैशाख २०८१

नवलपरासी । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रूपमा रूपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् ।  एमाले पश्चिम नवलपरासीको नवाैँ जिल्ला अधिवेशनको आज उद्घाटन सत्रमा उनले एमालेलाई  राष्ट्रिय एवम् निर्णायक शक्तिको रूपमा स्थापित गराउन आवश्यक रहेको बताए ।  

उनले भने, “मिसन ८४ मार्फत पार्टीलाई निर्णायक शक्तिमा पुर्‍याइने छ  । यसका लागि पार्टीलाई बलियो बनाउनुपर्छ ।” यसैबिच अध्यक्ष ओलीले आज पश्चिम नवलपरासीको सुस्ता जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको अवलोकन गरेका छन् । सो क्रममा अध्यक्ष ओलीले त्रिवेणीस्थित गजेन्द्रमोक्ष धामसमेतको अवलोकन गरेका हुन् । 

अध्यक्ष ओलीले आज नै सुस्ता क्षेत्रसमेतको निरीक्षण गरेका थिए ।  सो अवसरमा उनले सीमा रक्षाको आवाज उठाउँदा आफू तत्कालीन शासकबाट जेलसमेत परेको स्मरण गरे । “तत्कालीन शासकले सीमा रक्षा, स्वाधीनताको रक्षा गर्नुपर्छ भनेर आवाज उठाउँदा अनाहकमा मलाई जेल हाल्यो । तर हामीले अहिलेसम्म पनि यो आवाज उठाउँदै आइरहका छौ,” उनले भने । अध्यक्ष ओलीले रामग्राम स्तुपाको निरीक्षणसमेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप