सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा १२ अंकको वृद्धि, २ अर्ब १९ करोडको कारोबार

शुक्रबार, १३ साउन २०७९, १५ : ५९
शुक्रबार, १३ साउन २०७९

शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा १२ अंकमाथिको वृद्धि भएको छ । अघिल्लो दिन १५ अंकले बढेको बजारमा शुक्रबार थप १२.९२ अंकले बढ्दै नेप्से सूचक २१ सय ४०.३९ विन्दुमा उक्लिएको हो । 

दुई घण्टा खुलेको बजारमा आज सेन्सेटिभ इन्डेक्स समेत ३.८६ अंकले बढ्दै ४०९.४८ अंकमा उक्लिएको छ । यस दिन हाइड्रोपावर, निर्जीवन बीमा र म्युचुलअल फन्ड बाहेक अन्य सबै उपसूचक धनात्मक भएका छन् ।

सबैभन्दा बढी आज डेभलपमेन्ट बैंक समूहको उपसूचक ४.६५ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक ३.८४ प्रतिशतले बढेका छन् । बाँकी अन्य समूहहरूको उपसूचक १ प्रतिशतभन्दा कम प्रतिशतले बढेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप