गौशालाबाट ८ जना जुवाडे पक्राउ
सोमबार, ३१ वैशाख २०८१, २२ : ०२
काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ गौशालास्थित लक्ष्मी कोलोनीबाट प्रहरीले ८ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवे नेतृत्वको टिमले जुवा खालबाट २ लाख ५२ हजार ५ सय नगद बरामद गरेको छ । पक्राउ पर्नेमा ७ पुरुष र १ महिला छन् ।
रामेछापको गोकुलगंगा गाउँपालिका–८ घर भएका उमेश सुनुवारले भाडामा लिएको घरको दोस्रो तलामा जुवा खाल सञ्चालन गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
जुवा खालबाट प्रहरीले १२ बुक तास, पासा खेल्न प्रयोग हुने प्लाष्टिकको गोली १५ वटा र पासा खेलाउने कपडा बरामद गरेको छ । आरोपीहरूमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण