दोहोर कर उठाएको आरोपमा ललितपुरबाट ठेकेदारसहित ४ जना पक्राउ
सोमबार, ३१ वैशाख २०८१, २२ : ०५
काठमाडौँ । कवाडीमा दोहोरो कर उठाएको आरोपमा प्रहरीले ललितपुरबाट ठेकेदारसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरभित्र कवाडीको ठेक्का लिएका रोशन चौधरी, गिर्वाण बिक्रम खत्री, प्रकाश बस्नेत, श्याम ठकुरी छन् ।
आरोपीहरुविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । गोदावरी नगरपालिकामा कर तिरेर चुनढुंगामा लिएर आएको गाडीलाई आरोपीहरुले सानेपामा रोकेर विवाद गरेका हुन् ।
ललितपुर महानगरको कवाडीको ठेक्का लिएपनि उनीहरुले अन्यत्र कर तिरेर आएका गाडीहरुसँग दोहोर कर लिने गरेका छन् । ललितपुर महानगर प्रवेश गर्ने नाकामा कर्मचारी खटाएर उनीहरूले दोहोर कर संकलन गरेपछि विरोध हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण