बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध
लगातारको वर्षापछि आएको बाढीका कारण हेलम्बु–मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ । ग्यालथुम, चनौटे, तालामाराङ, सिम खेतलगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि काठमाडौंसम्म चल्ने सार्वजनिक यातायातका साधन तथा एम्बुलेन्स बाटोमै थन्किएका छन् । बाढीका कारण मेलम्ची नगरपालिका–११ सिम खेतमा सडकमा राखिएका दुई एक्साभेटर बाढीमा डुबेका छन् ।
यस्तै बाढीले मेलम्ची खानेपानी आयोजनाको सिन्धु अडिटमा समेत क्षति पुर्याएको छ । गए राति पहिरो जाँदा पाँचपोखरी थाङपाल गाउँपालिका–८ तिपेनीमा पनि सडक अवरुद्ध भएको छ । बजार क्षेत्रको १९ घर जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । अहिले उक्त ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार बाढीले पुर्याएको क्षतिका बारेमा एकिन हुन नसकेको बताउनुभयो । “निरन्तर वर्षा हुँदा बाढी आउने क्रम जारी छ”, उनले भने । हेलम्बु–५ मा पाँच घर, विद्यालय र सडक उच्च जोखिम छ । गए राति पहिराले भोटेचौर–काउले सडकसमेत अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रविधिको उच्चतम प्रयोगबाट मात्रै मुलुकमा सुशासन र समृद्धि : सञ्चारमन्त्री शर्मा
-
सलमानको घरमा गोली चलाउने अभियुक्तको आत्महत्यामाथि प्रश्न, प्रहरीले हत्या गरेको दाबी
-
पोखराको बिजुली पसलमा आगलागी
-
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
-
आईपीएलमा आज : खेल जितेर छनोट हुने राजस्थानलाई अवसर
-
एक नेपालीले वर्षमा ९३ किलो खाना खेर फाल्छ