शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

नितिश कुमारले बिहारमा आज पुनः मुख्यमन्त्रीको शपथ लिँदै

बुधबार, २५ साउन २०७९, ०६ : २०
बुधबार, २५ साउन २०७९

मंगलबार बिहारको मुख्यमन्त्रीबाट राजीनामा दिएका नितिश कुमारले आज पुनः मुख्यमन्त्रीको शपथ लिने भएका छन् । उनले मंगलबार भाजपा गठबन्धनबाट अलग भएको घोषणा गर्दै पदबाट राजीनामा दिएका थिए । 

उनले भाजपाबाहेक जेडीयू र अन्य ससना दलहरूको सहयोगमा बन्ने महागठबन्धनका तर्फबाट मुख्यमन्त्री बन्ने प्राप्त विवरणहरूमा जनाइएको छ । 

९ वर्षमा दोस्रोपटक नितिश भाजपा गठबन्धनबाट बाहिरिएका हुन् । आफ्ना पार्टीका सांसदहरुसँगको छलफलपछि गठबन्धनबाट बाहिरिने निर्णय गरेको उनले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप